HomeFeatureउपत्यकामा कोरोनाले मृत्यु भएका मुस्लिमहरुका लागि वैकल्पिक कब्रस्तान बनाइने

उपत्यकामा कोरोनाले मृत्यु भएका मुस्लिमहरुका लागि वैकल्पिक कब्रस्तान बनाइने

काठमाडौं, 16 सेप्टेम्बर 2020

मुस्लिम धर्मावलम्वीहरुका कुनै व्यक्तिको कोभिडबाट ज्यान गएमा मृत्यु संस्कार गर्न उपत्यकमा वैकल्पिक कब्रस्तान (मुस्लिम धर्मालम्बीको धर्मअनुसार मृत्यु पछि शव गाडिने ठाउँ) को खोजी गरिने भएको छ। कोरोनाका कारण त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका एकजनाको स्वयम्भुमा रहेको एक मात्रै कब्रस्तानमा शव गाड्न स्थानीयले अवरोध गरेपछि वैकल्पिक ठाउँको खोजी गरिने भएको हो । त्यसका लागि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । स्थानीय वडा कार्यालय र स्थानीयहरुले कोभिडबाट मृत्यु भएकाहरुलाई स्वयम्भुमा रहेको कब्रस्तानमा गाड्न नदिने बताएपछि ४ दिनसम्म ती मृतकको अन्तिम संस्कार गर्न सकिएको थिएन । सामाजिक सद्भाव नविगार्न उपत्यकामा वैकल्पिक कब्रस्तानका लागि ठाउँ खोजिने अध्यक्ष अन्सारीले बताउनुभयो । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृहमन्त्रालय, सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधिसम्मिलित छलफलले वैकल्पिक स्थान खोजी गर्न समिति गठन गरिएको हो । छलफलका क्रममा भट्टेडाँडा, चम्पादेवी, फर्पिङ, शिवपुरी डाँडा र नागार्जुन डाडाँको अध्ययन गर्न सुझाव आएको उहाँले बताउनुभयो। बस्तीभन्दा टाढा, स्थानीयलाई अफ्ठ्यारो नपर्ने र गाडी तथा एम्बुलेन्स सहजै जाने ठाउँको अध्ययन गरी कोभिड -१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) लाई सिफारिस गरिने उहाँले बताउनुभयो। उपत्यकामा बैकल्पिक कब्रस्तानका लागि ठाउँ नभेटिए उपत्यका बाहिरबाट उपचारका लागि काठमाडौं आएका तर निधन भएकाहरुलाई सम्बन्धि जिल्लामा पठाउने व्यवस्था सरकारले गर्नुपर्ने उहाँले बताएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...