धनगढी, 18 सेप्टेम्बर, हिम शाह
कैलालीमा कार्यरत एक पत्रकार मृत फेला परेकी छिन् । जिल्लाको घोडाघोडी नगरपालिकामा २३ बर्षीया पत्रकार निर्मला पहराइ मृत फेला परेकी हुन् । उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन । उनि घोडाघोडी नगरपालिका वडा नम्वर ४ की पहराइ कैलाली एफएममा कार्यरत थिईन्। पहराइ २१ गतेबाट सम्पर्क विहीन भएकी थिईन्। ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनास्थलमा प्रहरी निरिक्षकको टोली खटाइएको बताउँदै थप अनुसन्धान भईरहेको जानकारी दिए।









































