HomeFeatureदशैं नजिकिएसँगै भारत आउने भन्दा नेपाल फर्किने नेपालीको संख्या धेरै, सुदुरपश्चिमका नाकाबाट...

दशैं नजिकिएसँगै भारत आउने भन्दा नेपाल फर्किने नेपालीको संख्या धेरै, सुदुरपश्चिमका नाकाबाट आज कति फर्किए

नयाँ दिल्ली, 21 अक्टोबर

नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गर्दा भारतमा रहेका नेपालीहरु घर फिर्ता हुने क्रम बढ्दै छ । यद्धपी कोरोना महामारीका कारण ठूलो संख्यामा नेपालीहरु पहिलेदेखिनै नेपालमा रहेकाले पोहोरको तुलनामा निकै कम संख्यामा नेपालीहरु घर फिर्ता भइरहेका छन । नेपालमा कोरोना महामारीको बढ्दो अवस्थाका कारण सीमामा थप कडाइ गरिएपनि भारतका विभिन्न स्थानबाट दैनिक

रुपमा नेपालीहरु घर फर्किरहेका छन । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज दिएको जानकारीका अनुसार आज कञ्चनपुर गड्डाचौकी नाकाबाट 53 महिला, 204 पुरुष र 33 बालबालिकासहित 290 जना नेपाल फिर्ता भएका छन भने गौरीफण्टा नाकाबाट 106 महिला, 403 पुरुष र 73 बालबालिका गरि 582 जना नेपाल फर्किएका छन । नेपाल फर्किनेको तुलनामा भारत जाने नेपालीको संख्यामा कमी आएको छ । आज गड्डाचौकी नाका भएर भारत जानेहरुमा 15 महिला, 52 पुरुष र 3 जना बालबालिका गरि 70 जना रहेका छन । भने गौरीफण्टा नाका भएर 19 महिला, 61 पुरुष र 14 बालबालिका गरि ९४ जना भारततर्फ गएका छन । यस्तै अन्य नाकाहरुमा पनि भारततर्फ जाने नेपालीहरुको तुलनामा नेपाल फर्किनेको संख्या धेरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...