HomeFeatureहाम्रो टीम नेपालद्वारा निःशुल्क खानासँगै खाद्यान्न पनि वितरण शुरू

हाम्रो टीम नेपालद्वारा निःशुल्क खानासँगै खाद्यान्न पनि वितरण शुरू

हाम्रो टीम नेपालद्वारा निःशुल्क खानासँगै खाद्यान्न पनि वितरण शुरू

खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले निःशुल्क खाद्यान्न वितरणको अभियान पनि थालनी गर्न थालेको छ। काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन आग्रह गरेपछि अहिले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल छेउमा खाना खुवाइरहेको हाम्रो टीमले खाद्यन्न सहयोग पनि थालेको हो। महानगरपालिकाले उपलब्ध गराएको स्थानमा आउन नसक्ने र घरमा पकाएर खाने अवस्था भएकाहरुको हकमा निःशुल्क खाद्यान्न वितरण गर्न थालिएको हो। हाम्रो टीम नेपालका संस्थापक सहसचिव लक्ष्मणसिह धामीले महानगरले भनेअनुसारको ठाउँबाट नै निःशुल्क खाना खुवाउने अभियान जारी रहेको बताउनुभयो । उहाँले हिजो मात्रै त्यहाँ आउन नसक्ने र घरमा आफै पकाएर खान सक्ने अवस्था भएका १५ जनालाई ग्यासको रेगुलेटरसहित चामल, दाल, नुन तेल लगायतका सामग्री दिइएको बताउनुभयो । काम गर्न सक्नेहरुलाई रोजगारी दिलाउने विषयमा महानगरपालिकासँग छलफल भइरहेको पनि उहाँले बताउनुभयो ।

महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो । तर मानिसहरु खाना खानका लागि लामबद्ध भएपछि हाम्रो टीम नेपालले मंगलबार खाना खुवाएको थियो । थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडिपट्टी रहेको खुला ठाउँ उपलब्ध गराएपछि हिजोबाट सोही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको हो। नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता छ । काम नपाएर भोकै बस्नुपर्ने स्थिति आएमा प्रत्येक दिन विहान ९ बजे थापाथली स्थित व्यवस्था गरिएको गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...