HomeFeatureमुम्बईमा रोजगारीका लागि आएका कैलालीका एक युवक सन्तुलन गुमाएपछि घरबाट बेपत्ता, आफन्तहरु...

मुम्बईमा रोजगारीका लागि आएका कैलालीका एक युवक सन्तुलन गुमाएपछि घरबाट बेपत्ता, आफन्तहरु खोजीमा भौतारिदै

नयाँ दिल्ली,27 नोवेम्बर 2020

भारतको मुम्बईबाट अचानक मानसिक सन्तुलन गुमाएपछि कैलालीको मोहन्याल गाँउपालिका वडा नम्बर 7 बढिगाँउका एक 45 वर्षीय युवक कर्ण प्रसाद जैसी सम्पर्कविहीन भएका छन । एक-दुइदिन पहिले मात्र मानसिक सन्तुलन गुमाएका 45 वर्षीय कर्ण प्रसाद जैसी, मुम्बईको भइन्दरस्थित गितानगरबाट 26 नोभेम्बर बिहीवार विहान 5 बजे कोठाबाट हिँडेका हुन । मानसिक सन्तुलन गुमाएपछि कोठामा रहेका उनका छोरा र दाईले उनको रातभरि निगरानी गरिरहेको भएपनि विहान पख निदाएका बेला कोठाबाट नस्किएको भनिएको छ । मान्छेलाई चिन्न समेत छोडेका बुवा यसरी अचानक बेपत्ता भएपछि मुम्बईमा रहेका छोरा रवि जैसी र सप जैसी लगायत उनका आफन्तहरु चिन्तित भएका छन । बेपत्ता भएका कर्ण प्रसाद जैसी रोजगारीका लागि भर्खरै मात्र नेपालबाट आएका थिए ।

कर्ण प्रसाद जैसीले पुगेको केही दिनमै मानसिक सन्तुलन गुमाएपछि अनौठो व्यवहार गरिरहेका थिए । त्यसैले पनि मुम्बईमै रहेका उनका छोरा र दाईले विशेष निगरानी गरिरहेका थिए । रातभरि उठेर उनको ख्याल राखेपनि विहान 5 बजे छोरा र दाई सुतेको मौका छोपेर घरबाट हिँडेका हुन । तस्वीरमा देखिएका करिब 45 वर्षका कर्ण प्रसाद जैसीलाई तपाईले आफ्नो वरपर देखेको खण्डमा आफन्तहरुलाई 72-06-12-77-05 वा 9262234163 वा 88-88-33-01-46 मा जानकारी दिन आग्रह गर्दछौं ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...