HomeFeatureवरिष्ठ नेता पौडेल पक्राउबारे छलफल गर्न कांँग्रेसको पदाधिकारी बैठक बस्दै

वरिष्ठ नेता पौडेल पक्राउबारे छलफल गर्न कांँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाण्डौ, 4 डिसेम्बर 2020

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृहजिल्ला तनहुँमा पक्राउ गरेको घटनाको विषयमा छलफलका लागि आज नेपाली कांग्रेसको पदाधिकारी एवम् पूर्व पदाधिकारीहरुको बैठक बस्ने भएको छ ।

आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको जनाइएको छ।  तनहुँमा सरकारले पार्टीका वरिष्ठ नेतामाथि जुन किसिमको हर्कत गर्‍यो त्यसको विषय छलफल गर्नका लागि बैठक बस्न लागेको  जनाइएको छ  ।

आजको विषयमा पूर्वनिर्धारित कार्यतालिकामा छलफल नहुने र साथै सरकारले पछिल्लो समय गरेका कमिकमजोरीका बारेमा छलफल हुने उनले बताए । साथै बैठकमा पदाधिवकारी एवम् पूर्वपदाधिकारीहरुको उपस्थिती रहनेछ ।

गत बुधवार तनहुँको ब्यास नगरपालिकामा निर्मित पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पुल उद्घाटन विवादमा परेपछि प्रशासनले निषेधाज्ञा जारी गरेकोमा पौडेल लगायत कांग्रेसका नेता कार्यकर्ताहरुले निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

साथै केही घण्टा जिल्ला प्रहरी कार्यालय तनहुँमा राखि पौडेललाई छाडिएको थियो । साथै पौडेलले बिहीवार उक्त पुलको उद्घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...