नयाँ दिल्ली, 9 डिसेम्बर 2020
डान्स मनोरञ्जनको साधन मात्रै नभएर अब यो एउटा खेल पनि बनेको छ । अब ब्रेकडान्स ओलम्पिक खेलमा पनि शामेल भएको छ । योसँगै ब्रेकडान्स पनि अब आधिकारिक रुपमा ओलम्पिक खेल भएको छ । पेरिसमा हुने ओलम्पिक खेलमा यसलाई शामेल गरिएको छ । अन्तरराष्ट्रीय ओलम्पिक समिति (IOC) ले 2024 मा पेरिसमा हुने खेलमा ब्रेकडान्सलाई पनि शामेल गरेको हो। युवा दर्शकहरुलाई आकर्षित गर्नका लागि आईओसीले यस्तो फैसला गरेको हो ।
यसबाहेक स्केटबोर्डिङ, स्पोर्ट क्लाइम्बिङ र सर्फिङलाई पनि खेलमा शामेल गरेको छ । यी तीनवटै खेलहरुलाई टोक्यो ओलम्पिकमा शामिल गरिनुपर्ने थियो । तर कोरोना महामारीका ओल्मपिक खेल एक वर्षका लागि सारिएको थियो ।









































