काठमाण्डौ, 21 डिसेम्बर 2020
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने तय भएको छ । संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको एकदिनपछि उहाँले आज देशवासीलाई सम्बोधन गर्नुहुने भएको छ । आज 3 बजे उहाँले आजदेशवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज दिँउसो 3 बसे प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजन मार्फत देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताउनु भएको छ ।
यसअघि आजविहान उहाँले विघटित प्रतिनिधिसभाका आफु निकट सांसदहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनबारे प्रस्टिकरण दिनु भएको छ । उहाँले पार्टीमा आफूलाई घेराबन्दी गरिएकाले संसद विघटन गर्नुपरेको भन्दै नयाँ जनादेशका लागि तयार रहन निर्देशन समेत दिनुभएको छ । छलफलका क्रममा ओलीले प्रचण्डले आफूलाई कारवाही गर्न नसक्ने दाबी गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। ओलीका सञ्चार विज्ञ रामशरण बजागाईले ओलीको उपस्थिति बिनाको निर्णय आधिकारीक नहुने जिकिर ओलीले गरेको बताउनु भयो ।
नेकपाको आइतवारको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो। आज संसद भवन नयाँ बानेश्वरमा अहिले 1 बजे प्रचण्ड-नेपाल समूहको भेला हुँदैछ ।









































