HomeFeatureमलेसियाबाट 18 नेपालीको शव काठमाण्डौ ल्याइयो, आफन्तले भारी मन गरेर बुझे शव

मलेसियाबाट 18 नेपालीको शव काठमाण्डौ ल्याइयो, आफन्तले भारी मन गरेर बुझे शव

काठमाण्डौ, 23 जनवरी 2021

ठूला-ठूला सपना बोकेर वर्षेनी लाखौंको संख्यामा वैदेशिक रोजगारीका लागि जाने कतिपय नेपालीहरु धन कमाएर फर्किन्छन भने कतिपय युवाहरु विदेशमै ज्यान गुमाउने गरेका छन । यस्तै रोजगारीको क्रममा मलेसियामा ज्यान गुमाएका 18 नेपालीको शव आज स्वदेश ल्याइएको छ ।

मलेसियामा विभिन्न कारणले ज्यान गुमाएका 37 नेपालीहरुको शव अझै त्यही रहेको छ । आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए 330 जहाजले विभिन्न कारणले मलेसियामा ज्यान गुमाएका नेपालीहरुकोको शव ल्याएको हो ।

शव बुझ्न आफन्तहरु विमानस्थलनै पुगेका थिए । शव बुझ्दै गर्दा आफन्तले मन थाम्न नसकेर भक्कानिएका थिए ।

एक नेपालीको अस्तु र अन्य 18 वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याएको बताएको छ ।

मलेसियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेका छन् । ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...