HomeFeatureपंजाबमा एकदेव आलेको 53 औं स्मृति दिवस मनाइयो, प्रवासी नेपाली आन्दोलनमा पुऱ्याएको...

पंजाबमा एकदेव आलेको 53 औं स्मृति दिवस मनाइयो, प्रवासी नेपाली आन्दोलनमा पुऱ्याएको योगदानको स्मरण

पंजाब, 27 जनवरी 2021

प्रवासी नेपाली संघ भारत पंजाब हिमाचल चण्डीगढ़ संयुक्त राज्य समिति अंतर्गतको नगर समिति जालंधरले 26 जनवरीका दिन जालंधर स्थितका संघका अगुवा कार्यकर्ताहरुको सहभागीतामा भेलाको आयोजना गरि एकदेव आलेको 53 औं स्मृति दिवस कार्यक्रम सम्पन्न गरेको छ। सुर्य थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा पंजाब हिमाचल चण्डीगढ़ संयुक्त राज्य समितिका सचिवालय सदस्य बसन्त राज घर्ति प्रमुख अतिथि र अन्य अतिथिहरुमा राज्य सदस्य शंकर प्रसाद गैरे, सावित्रा ज्ञवाँली, कृष्ण मल्ल, शान्ता पोखरेल र राज्य विभागीय सदस्य याम थापा, कल्पना पौडेल, गनबहादुर राना, कमला कुँवर, नृप सिंह कार्की, तुल्सा ढकाल र नेपाल भारत बस यातायात व्यवसाय एसोसियन पंजाबका महासचिव मिलन के.सी को उपस्थिति रहेको थियो। कार्यकर्ता भेलालाई संबोधन गर्दै प्रमुख अतिथि बसन्त राज घर्तिले संघका संस्थापक प्रवासी नेपाली आन्दोलनका महानायक स्व.कमरेड एकदेव आलेले प्रवासी नेपाली आन्दोलन र नेपालको समाज परिवर्तनमा पुऱ्याउनु भएको योगदानप्रति सम्मान व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो।

उहाँले संबोधनको क्रममा गण्डकी तनँहु जिल्लाको मान्वओ अर्चले गाँउमा साधारण हली र गोठालो गरिब परिवारमा वि.स.1980 मा जन्मनु भएका एकदेव आले आजाद हिन्द फौजका सुभाषचन्द्र बोससँग कार्यरत रहि समाज सेवाको प्रेरणा लिनु भएको र तत्कालीन नेकपाको केन्द्रीय कमिटीको सदस्यको रूपमा भूमिका निर्वाह गर्दै नेपालको राणा कालमा मारीएका शहीद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्म भक्त र शुक्रराज शास्त्रीको प्रतिशोध लिने संकल्प लिँदे 5 मई 1966 का दिन अखिल भारत नेपाली  जनकल्याणकारी संघ गोरखपुरमा निर्माण गरी निरन्तर जुटी रहेको अवस्थामा ब्लड क्यान्सरको बिमारीबाट पीड़ित भई दरभंगा हटिया सराया मेडिकल कलेजमा उपचारको दौरान 26 जनवरी 1968 मा दुखद निधन भएको अवगत गराउनु भयो।

कार्यक्रममा जालंधर स्थितका पदाधिकारी गीता श्रेष्ठ, घनश्याम बस्याल, पुर्णिमा सुनार, हिरामणी वि.सी, जीवन घर्ति, रूपा विक, आर वी गुरूड, राम नरेस चौधरी, झविलाल खण्डलु, जुनु जि.सी, विष्णु शर्मा, ईन्द्रा भण्डारी, सुरज घिमिरे शर्मा, गोपाल कुँवर, कृष्ण गौतम, यमलाल घिमिरे, गजेन्द्र विस्वकर्माले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...