HomeFeatureबाबुराम भट्टराईद्वारा लिखित पुस्तक विमोचनमा प्रचण्ड, रामचन्द्र पौडेल र जसपा नेताहरु एकसाथ

बाबुराम भट्टराईद्वारा लिखित पुस्तक विमोचनमा प्रचण्ड, रामचन्द्र पौडेल र जसपा नेताहरु एकसाथ

काठमाण्डौ, 13 फेब्रुअरी 2021

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धी रक्षाको निम्ति एक भएर प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । शनिबार पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईद्धारा लिखित पुस्तक गुमनाम आमाहरुको कथा को लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीको रक्षाको हमला भएकोले प्रतिवाद गर्ने ठाउँमा रहेको बताउनुभयो । यसको निम्ति मोर्चा खोलिसकिएको उहाँको भनाई छ । उहाँले नेपालको संविधान पूर्ण छ भनेर आफुले दाबी नगरेको भन्दै नेपालको संविधानले समावेशी लोकतन्त्रको सवालमा राम्रो व्यवस्था गरेको बताउनुभयो ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय आत्मविश्वासको संकट भएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणताकाको संसद विघटन गर्न नसकिने प्रावधानको सम्झौता तथा सहमती माथि विश्वास घात गरेको उहाँको भनाई छ ।

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जनयुद्धको जगमा आजको परिवर्तन आएकाले जनयुद्धलाई नकार्नु नहुने बताउनुभयो । जनयुद्ध केही पनि थिएन भन्ने इतिहास बनाउन लागिएको भन्दै उहाँले जनयुद्धको योगदानको सहि मुल्यांकन गर्नुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टीका नेता अशोक राईले विचार, सिद्धान्त, दर्शन र दृष्टिकोणको हिसाबबाट हेर्दा जनयुद्ध जारी रहेको आफ्नो ठम्याई रहेको बताउनुभयो । बन्दुक पड्काउनुपर्ने स्थितिलाई शान्ति सम्झौताले पूर्णविराम लगाएको भएपनि वैचारिक, सैद्धान्तिक हिसाबको दुई खालको घर्षण हुनुले जनयुद्ध जारी राख्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ । नेता राईले देश द्धन्द्धमा फस्नुको निकास पनि जनयुद्धबाटै हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...