काठमाण्डौ, 16 फेब्रुअरी 2021
आज माघ शुक्ल पञ्चमी, अर्थात विद्याकी देवी माता सरस्वतीको पूजा–आराधना गरी मनाइँदै छ । आज विहानैदेखि विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरिदैछ । बसन्त पञ्चमी पनि भनिने आजको दिनमा बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्ने पनि गरिन्छ।
छोराछोरीहरुले अध्ययनमा सफलता पाउन भन्ने उद्धेश्यका साथ आजकै दिनमा अभिभावकहरुले आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरिदिएर अक्षरआरम्भ गर्ने चलन पनि छ। सरस्वती पुजाको दिन काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित् नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।









































