HomeFeatureसर्वोच्चमा प्रस्तावित न्यायाधीशहरुको संसदीय सुनुवाई प्रक्रिया शुरु

सर्वोच्चमा प्रस्तावित न्यायाधीशहरुको संसदीय सुनुवाई प्रक्रिया शुरु

काठमाण्डौ,1 अप्रैल 2021

सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ। संघीय संसदको संसदीय सुनुवाई समितिको चैत्र ४ गतेको बैठकको निर्णय अनुसार न्यायपरिषद्बाट सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित चुडाल र सुवेदीलाई उक्त पदमा नियुक्ती गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार खोली समिति समक्ष १० दिन भित्र उजुरी दिन सरकारी सञ्चार माध्यमबाट सूचना जारी गरेको थियो । यो अवधिभित्र सात वटा उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो । समितिको आज (बिहीबार)को बैठकले उक्त उजुरीहरु खोली समिति सदस्यहरुलाई वितरण गरेको छ। यस्तै प्रस्तावित न्यायाधीशहरुबाट प्राप्त कार्ययोजनाको प्रतिलिपि समेत समिति सदस्यहरुलाई वितरण गरेको छ । बैठकले यही चैत्र २२ गते उजुरीकर्तालाई बोलाई छलफल गर्ने र चैत्र २५ गते प्रस्तावित न्यायाधीशहरुलाई बोलाई सुनुवाई गर्ने निर्णय समेत गरेको छ ।

न्यायपरिषद्ले उच्च अदालत, पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइबाट दुवैको नाम अनुमोदन भएमा उनीहरुको नियुक्ती सार्वोच्च अदालतको न्यायाधीश पदमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...