HomeFeatureराष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरु आन्दोलनमा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरु आन्दोलनमा

काठमाण्डौ, 25 अप्रिल 2021
अतिरिक्त सेवा सुविधा नदिएको तथा दुर्गम क्षेत्र निर्धारण गरी प्रोत्साहनको लागि मापदण्ड बनाईदिने सरकारको आश्वसन कार्यान्वयन नगरिएको भन्दै राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्राविधिकहरु आन्दोलित भएका छन् । आइतबार पत्रकार सम्मेलन गरी प्राविधिकहरुले सेवा प्रवेश गर्दा नै उपलब्ध गराउने भनिएको अतिरिक्त सुविधा उपलब्ध नगराइएको, प्रोत्साहनको लागि मापदण्ड नबनाइएको र यस अघि गरिएका सहमती कार्यान्वयन नगरिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । यस अघि गत चैत्र ३० गते प्राधिकरणलाई दुई बुँदे माग राखि १२ दिने अल्टिमेटम दिएको भएपनि प्राधिकरणले मौनता साधेका कारण पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम घोषणा गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष ई. अविनाश अमरले बताउनुभयो । इन्जिनियरहरुले बैशाख १३ र १४ गते कालोपट्टी बाँधी कार्यक्षेत्रमा काम गर्ने, वैशाख १५, १६ र १७ गते कार्यक्षेत्रमा उपस्थित भई पेन डाउन गर्ने र वैशाख १८ गते सम्पूर्ण प्राविधिकहरु औपचारिक कार्यक्रम मार्फत राजीनामा दिने कार्यक्रम घोषणा गरेका छन् । सम्बन्धित पक्षले वार्ताको आव्हान गरेमा अध्यक्ष अमरको संयोजकत्वमा ११ सदस्यीय वार्ता समिति गठन गरिएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...