HomeFeatureनिर्मला पन्त हत्याबारे कारबाही गर्न सरकारलाई निर्देशन

निर्मला पन्त हत्याबारे कारबाही गर्न सरकारलाई निर्देशन

 काठमाण्डौं, 26 अगस्त 2021

राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरवारमा बसेको समितिको बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारले यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो । समितिले दार्चुला जिल्लाका जयसिंह धामीको तुइन तर्ने क्रममा बेपत्ता भएको घटनाबारे तत्काल कारबाही प्रक्रिया अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको समितिकी सभापति शशी श्रेष्ठले बताउनुभयो । समितिले दार्चुलाको व्यास नरपालिकाका जनतालाई आवश्यक औषधि र खाद्यान्नको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ । अहिले देशमा बालिका र महिलाहरु हिंसा, हत्या र बलात्कारको शिकार भइरहेकोले यस्ता घटनालाई नियन्त्रण र गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । समितिले चाडबाड नजिकँदै गरेकोले चाडबाडमा हुने उपभोग्य सामग्रीमा अश्वभाविक मूल्यवृद्धि, जनस्वास्थ्यलाई असर गर्ने गुणस्तरहीन सामग्री र कालोबजारी रोक्न पनि सरकारलाई निर्देशन दिएको सभापति श्रेष्ठले बताउनुभयो ।

सभापति श्रेष्ठले भन्नुभयो, “दार्चुला जिल्ला व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामीको मिति २०७८ साउन १५ गते तुइन तर्ने क्रममा भएको घटना प्रकरणको सम्बन्धमा समितिको गम्भीर ध्यानाकर्षण भएको छ, सो घटना प्रकरणका सम्बन्धमा सत्यतथ्य सहितको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न, कुटनीतिक पहलद्वारा दोषिालाई कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउने, पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्ने, व्यास क्षेत्रका बासिन्दाहरुको सुरक्षा तथा आवतजावतको लागि आवश्यक पर्ने पुल, मोटरबाटो, लगायतका स्थानीय पूर्वाधारहरु यथाशीघ्र निर्माण गर्ने, दार्चुलादेखि टिंकरसम्मको सडक निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्ने, तुइनलाई तत्काल बिस्थापित गरी झोलुंगे एवं पक्की पुलको व्यवस्था गर्ने र ती क्षेत्रका बासिन्दाका लागि हाललाई खाद्यान्न र औषधिका आवश्यक व्यवस्था गरी जनजीवनक सहज बनाउने, कञ्चनपुर जिल्लाकी निर्मला पन्तको मिति २०७५ साउन १० गजे बलात्कार गरी हत्या भएको ३ वर्ष बितिसक्दा पनि हालसम्म सत्तथ्य बाहिर आउन नसक्नु दुखद् कुरा हो, तसर्थ तत्काल सत्यतथ्यका आधारमा उक्त घटनामा संलग्न अपराधीलाई यथाशीघ्र सार्वजनिक गरी हदैसम्मको कानूनि कारबाही गर्ने, बालिका र महिलामाथि हुने हिंसा, बलात्कार र हत्याका घटनाहरु नियन्त्रण र अपराधीलाई समयमा नै कारबाही गर्न नसक्दा आपराधीक घटनाहरु बढ्दै गइरहेको सन्दर्भमा घटनाहरु तत्काल नियन्त्रण गरी अपराधीलाई हदैसम्मको कारबाही गर्न आवश्यक व्यवस्था मिलाउने, चाडबाडका समयमा अत्याधिक उपभोग हुने दैनिक उपभोग्य सामग्रीको अश्वभाविक मूलयवृद्धि, कालो बजारी तथा जनस्वास्थ्यलाई खेलवाड गर्ने मानवताबिरोधी जघन्य अपराधको रुपमा रहेको गुणस्तरहीन सामग्री एवै म्याद सकिएका अखाद्य वस्तुहरु रिलेबलिङ गरेर बिक्री वितरण गर्ने लगायतका गैरकानूनि एवं आपराधिक कार्यहरु नियन्त्रण र नियमन गर्न अन्य सरकारी निकायहसँगको समन्वयमार्फत् अनुगमन गरी छानबिनका क्रममा दोषि ठहरिएकाहरुलाई कडा भदा कडा कारबाही गर्ने, आवश्यक्ता परे कानून संसोधनको बाटो पनि लिनुपर्छ ।

समितिले हिंसा, बलात्कार र हत्याका घटनाहरु बढीरहेकोले यसलाई नियन्त्रण गर्न र अपराधीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...