HomeFeatureसभापतिमा साझा उम्मेद्वार तय गर्ने काँग्रेस पौडेल पक्षको प्रतिवद्धता

सभापतिमा साझा उम्मेद्वार तय गर्ने काँग्रेस पौडेल पक्षको प्रतिवद्धता

काठमाडौं, 2 सितम्बर 2021

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेद्वार तय गर्ने जनाएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेद्वार तय गर्ने प्रतिवद्धता जनाउनु भएको हो । उहाँले नेपाली काँग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाको रुपमा स्थापित गर्न सहमति र छलफलमा ठाउँअनुसारको उम्मेद्वारी दिने बताउनुभयो । उहाँले पार्टीलाई बचाउन, लोकतन्त्र बचाउन र मलुकको अस्तित्वलाई जोगाउन एकतावद्ध भएर जाने पनि बताउनुभयो । उहाँले अहिले भएको एकता १४ औँ महाधिवेशनको अन्तिमसम्म पनि कायमै राखेर अघि बढ्ने उहाँको भनाइ छ ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘हामीले एउटा सामूहिकताको पाटोमा देशलाई र पार्टीलाई लान चाहने भएकोले उम्मेद्वारी दिने कुरामा पनि आ आफैँले उम्मेद्वारी दिने कुरा भन्दा पनि सल्लाह गरेर, आपसमा सहमति गरेर, कसलाई कुन ठाउँमा राख्नुपर्ने हो, कसले के जिम्मेवारी लिँदा ठीक हून्छ, कहाँ एकता कायम हुन्छ, सबै समेटिएर, सबै सम्मिलित भएर कसरी अगाडि बढ्न सकिन्छ, चुनौतिहरुको सामना कसरी गर्न सकिन्छ, भन्ने कुरामा हामी छलफल गरिरहेका छौँ, भोलिदेखि चुनाव वडाबाट शुरु हुने भएकोले आज हामी एउटा सन्देश दिन चाहन्छौँ, सम्पूर्ण नेपाली काँग्रेसका कार्यकर्ता साथीहरुलाई एउटा राम्रो नेतृत्व दिने व्यक्तिलाई लिएर हामी अगाडि बढ्छौँ, हामी आपसमा एकतावद्ध भएर पार्टी बचाउनको लागि, लोकतन्त्र बचाउनको लागि र मुलुकको अस्तित्वलाई जोगाउनको लागि एक भएर अगाडि बढ्छौँ, हामी १४ औँ महाधिवेशनको अन्तिसम्म पनि हाम्रो एकता अटूट रहन्छ, हाम्रो एकतामा कुनै किसिमको आँच आउने छैन, हामी एउटा सभापतिको उम्मेद्वार सबै साथीहरुको सल्लाहबाट दिन्छौं सबै साथीहरुलाई ढुक्क रहन हार्दिक अनुरोध गर्दछु ।

वरिष्ठ नेता पौडेलले अभूतपूर्व रुपमा क्रियाशील सदस्यको विवाद भएको भन्दै यसले पार्टीका निष्ठावान व्यक्तिहरुलाई पीडित भएको बताउनुभयो । पौडेल पक्षले काँग्रेसको वडा अधिवेशन शुरु हुनुभन्दा एकदिन अघिसम्म पनि सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेपछि महाधिवेशनमा साझा उम्मेद्वारी दिने घोषणा गरेको हो । पत्रकार सम्मेलनमा पौडेल पक्षका सभापतिका आकांक्षीहरु पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेताद्धय प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायतका नेताहरु सहभागी हुनु भएको थियो भने महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएका युवा नेता गगनकुमार थापा पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...