काठमाडौं, 9 अक्तूबर 2021
नेकपा एमालेका महसचिव इश्वर पोखरेलले एमालेलाई कसैले बिभाजन गर्न नसक्ने बताउनुभएको छ । शनिबार नेकपा एमाले किर्तिपुर नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महासचिव पोखरेलले एमाले बिभाजन भएको भनेर कसैले भ्रम सिर्जना गर्न खोजे त्यो यथार्थ नहुने बताउनुभएको हो । उहाले एमाले एकढिक्का भएर अघि बढ्ने जिकिर गर्नुभयो । पार्टीको पक्षमा उभिएर क्रियाशिल हुन चाहनेहरु एक ठाउमा उभिनुपर्ने उहाको भनाई छ । उहाले केहि मानिसहरु अलमलमा परेको हुनसक्ने भन्दै अलमलमा परेकालाई पनि समावेश गरेर अघि बढ्ने धारणा राख्नुभयो । महासचिव पोखरेलले नेपाली राजनीतिमा नेकपा एमाले छुटै ध्रुवको रुपमा खडा भएको बताउनुभयो । उहाले नेपालका बिभिन्न चाडपर्वहरु समाजलाई एकतावद्ध बनाउने सुत्र भएको जिकिर गर्नुभयो ।









































