HomeFeatureमाओवादी बैठक: स्थानीय तह र प्रदेश सम्मेलनको पूर्वनिर्धारित तालिकामा हेरफेर गर्ने निर्णय

माओवादी बैठक: स्थानीय तह र प्रदेश सम्मेलनको पूर्वनिर्धारित तालिकामा हेरफेर गर्ने निर्णय

काठमाडौं, 19 अक्तूबर 2021

नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह र प्रदेश सम्मेलनको पूर्वनिर्धारित तालिकामा हेरफेर गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टी सदस्यता नवीकरणका साथै वडा, पालिका र प्रदेश सम्मेलनको तालिका हेरफेर गर्ने निर्णय गरेको हो । बैठकले पार्टी सदस्यता नवीकरणका लागि कार्तिक २५ गतेसम्म म्याद थप गर्ने,  टोल सम्मेलन कार्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म र पालिका सम्मेलन मंसिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो । त्यस्तै प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने गरी म्याद थप गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकले ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ भने १ सय ४९ जनाको सल्लाहकार समिति बनाएको छ । त्यस्तै २५ सदस्यीय लेखा आयोग , २५ सदस्यीय अनुशासन आयोग र भूगोल भन्दा बाहिर काम गर्ने १७५ जनाको विशेष समिति बनाइएको प्रवक्ता महराले बताउनुभयो । त्यस्तै अन्य पार्टीबाट माओवादीमा समाहित भएकाहरुको कार्यबिभाजनका लागि गठिन कार्यदलले प्रतिवेदन पेश गरेको प्रवक्ता महराले जानकारी दिनुभयो । माओवादी स्थायी कमिटी बैठक बिहीबार पुन बस्ने छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...