HomeFeatureबर्षाका कारण ८ हजार हेक्टर क्षेत्रको धान वालीमा क्षति

बर्षाका कारण ८ हजार हेक्टर क्षेत्रको धान वालीमा क्षति

कपिलवस्तु, 20 अक्तूबर 2021

कपिलवस्तुमा वेमौसमी बर्षाले काटने तयारी अवस्थामा रहेको ८ हजार हेक्टर क्षेत्रको धान वालीमा क्षति भएको छ । यस बर्ष ७ प्रतिशत धान उत्पादनमा बृद्धि हुने अनुमान गरीरहेको बेला आईतवार देखि ४ दिन सम्म परेको बेमौसमी बर्षाले जिल्ला कै प्रमुख धान बालीमा क्षति पुगेको हो । आईतवार देखि परेको अबिरल बर्षाले धान स्याहर्नकालागि खेतमा काटेर राखिएको धानमा क्षति नोक्सानी भएको कृषि ज्ञान केन्द्रका प्रमुख राबिन्द्र चौबेले बताउनुभएको छ । प्रारंभिक बिवरण अनुसार जिल्लाका १० पालिकामा कुल ८ हजार हेक्टरमा लगाईएको धान बालीमा नोक्सानी भएको उनले बताउनुभयो । स्याहार्न तयारी अवस्थाका धानबाली पानीले भिजेपछि किसान चिन्तित बनेका छन् । काटेर खेतमै छाडेका धान भिज्दा स्यार्हान, दाउन समस्या भएको छ ।अर्ली भेराईटी धान बालीमा  बढि नोक्सान भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रबिन्द्र चोबेले छिटो हुने प्रजातिका धान नोक्सान भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...