HomeFeatureदसैंतिहारको समयमा मात्रै एक सय ४४ जना जुवाडे पक्राउ, साढे १७ लाख...

दसैंतिहारको समयमा मात्रै एक सय ४४ जना जुवाडे पक्राउ, साढे १७ लाख बरामद

कञ्चनपुर, 8 नवम्बर 2021

कञ्चनपुर प्रहरीले जुवातास नियन्त्रण अभियान चलाएको छ। दसैंतिहारको समयमा मात्रै एक सय ४४ जना जुवाडे कैलाली–कञ्चनपुरबाट नेपाल प्रहरीले पक्राउ गरेको छ। जुवातास नियन्त्रण अभियान सञ्चालन गरेको प्रहरीले साढे १७ लाख बढी रकम समेत बरामद गरेको बताएको छ। ‘हामीले सादा पोसाकका प्रहरी खटाएर जुवातास खेलिने सम्भावित ठाउँ पहिचान गर्ने गरेका छौँ’ उनले भने, जुवातास खेल्नेहरुलाई कैलाली प्रहरीले मुद्दा चलाएको छ।’ उता कञ्चनपुर प्रहरीले चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानबाट जुवातास खेल्ने ९५ जनालाई पक्राउ गरेको छ। ४ महिनामा कञ्चनपुर प्रहरीले जुवाडेहरुबाट ८ लाख १४ हजार ५ सय १० नगद र ६ लाखको चेक बरामद गरेको छ। जिल्लामा जुवातास नियन्त्रण गर्न प्रहरीले विशेष अभियान चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षकले जनाएका छन। तिहारको समयमा जुवातास खेल्ने र खेलाउने ४९ जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका, बर्दगोरिया, लम्कीचुहा र गोदावरी नगरपालिकाबाट विभिन्न मितिमा कैलाली प्रहरीले जुवाडे पक्राउ गरेको हो। कैलाली प्रहरीले जुवाडेहरुबाट ३ लाख ७७ हजार ६ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता, प्रहरी निरीक्षकले जनाए।  यसरी सुदूरपश्चिम प्रदेशको तराईका जिल्लाबाट प्रहरीले कूल १७ लाख ९२ हजार १ सय २ रुपैयाँ बरामद गरेको छ। जुवातासले घरबारबिहिन बनाउने र परिवार तथा समाज नै पीडित हुने भन्दै प्रहरीले अभियान सञ्चालन गर्नुपरेको बताएको छ। पक्राउ परेका जुवाडेहरुलाई जुवा ऐन अनुसार कारबाहीसमेत गरिने प्रहरीको दाबी छ। सामाजिक र आर्थिक रुपले जुवातासको लतमा परे व्यक्ति तथा उसको परिवारले क्षति व्यहोर्नुपर्ने हुँदा जुवातासबाट टाढै रहनुपर्ने प्रहरी सुझाव छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...