HomeFeatureसमाजसेवी ढकालको जीवनीमा आधारित कृति ‘ज्येष्ठ नागरिक योद्धा सिताराम ढकाल’को लोकार्पण

समाजसेवी ढकालको जीवनीमा आधारित कृति ‘ज्येष्ठ नागरिक योद्धा सिताराम ढकाल’को लोकार्पण

काठमाडौं, 8 जनवरी 2022  

शिक्षा तथा समाजसेवी सीताराम ढकालको जीवनीमा आधारित कृति ‘ज्येष्ठ नागरिक योद्धा सिताराम ढकाल’को लोकार्पण गरिएको छ । उहाँको परिवारद्धारा स्थापित सीताराम–पदमकुमारी फाउन्डेसनको आयोजनमा शनिबार काठमाडौंमा समारोहका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो । कार्यक्रममा उप्रेतीले ज्येष्ठ नागरिकका लागि भत्ताको व्यवस्था गरेपनि सामाजिक सुरक्षाका लागि राम्रोसंग व्यवस्थापन पनि गर्नुपर्ने बताउनुभयो । उहाले सामाजिक रुपान्तरणका लागि समाजसेवी सीताराम ढकालले खेल्नुभएको भूमिकाको चर्चा पनि गर्नुभएको थियो । गत वर्ष पुस ५ गते निधन हुनुभएका ढकाल भोजपुर र काठमाडौँमा आफ्नो जीवनभर सामाजिक सेवामा सक्रिय हुनुभएको थियो । विसं २०५६ मा काठमाडौँ आएपछि उहाँले विशेष गरी ज्येष्ठ नागरिकको हकहितमा योगदान गर्नुभएको छोरा (प्रहरी वरिष्ठ उपरीक्षक) भीमप्रसाद ढकालले बताउनुभयो । ढकालको योगदानका बारेमा साहित्यकार विप्लव ढकाल, पुस्तकका प्रधानसम्पादक कुलप्रसाद पराजुली, फाउण्डेसनका अध्यक्ष विश्वमणि गौतमलगायतले चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...