17 जनवरी 2022
कैलालीको टिकापुरमा संचालित तेक्वान्दो प्रतियोगितामा सुदूर पश्चिमको एकेडमी स्टार तेक्वान्दोले ठुलो सफलता हाथ पारेको छ। विभिन्न क्षेत्रका प्रतियोगीहरु सम्मिलित उक्त प्रतियोगितामा स्टार तेक्वान्दोका खेलाड़ीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए। तेक्वान्दो नेपालको आयोजनामा जनवरी 14 मा उक्त अवार्ड प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा स्टार तेक्वान्दो एकेडमीका छात्र तर्फ बेस्ट छात्र (Best player) अवार्ड पुष्कर कुँवर छात्रा तर्फबाट प्रशान्सा शाहुले हात पारेका हुन ! प्रतियोगितामा विभिन्न क्षेत्रबाट खेलाडीहरुले भाग लिएका थिए । सुदुर पश्चिमकै नमूना एकाडेमी स्टार तेक्वान्दोले अन्तरास्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक बाट प्रशिक्षण गराउदै आएको छ । अल इन्डिया तेक्वान्दोको हेड कोच भैसकेका प्रकाश जैगडिले प्रशिक्षण गराउँदै आएका छन् । अन्तर्राष्ट्रिय मेडल गोल्ड मेडल प्राप्त गरिसकेका जैगडी भन्छन् अहिलेको आधुनिक प्रतिस्पर्धाको युगमा तेक्वान्दो जगत पनि विश्वव्यापि रुपमा प्रतिस्पर्धामा छ ! तेक्वान्दो युवाहरूकोलागि शारीरिक तथा मानसिक रुपमा उतिकै रुपमा महत्त्वपूर्ण छ । यसै सन्दर्भमा तेक्वान्दो खेललाई थप विकासका लागि राज्यले पनि महत्त्वपूर्ण भुमिका निभाउनुपर्ने हुन्छ । जैगडि विगत २५ वर्षदेखि यस् क्षेत्रमा छन् नेपालमा दुई वर्ष देखि प्रशिक्षण गराउदै आएका छन् । स्टार तेक्वान्दोको शाखा भारतको गोवामा पनि छ ! यस् स्टार एक्याडमिमा प्रशिक्षण लिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मेडल गोल्ड मेडल प्राप्त गरि सकेका छन् छन् । आगामी दिनमा नेपालमा पनि थप क्षेत्रहरुमा विस्तार गर्ने उनी बताउँछन् ।









































