HomeFeatureएक महिने व्रतमा बसेका बर्तालुद्वारा शेषनारायण मन्दिरमुनिको पोखरीमा स्नान गरी  शेषनारायण मन्दिरमा...

एक महिने व्रतमा बसेका बर्तालुद्वारा शेषनारायण मन्दिरमुनिको पोखरीमा स्नान गरी  शेषनारायण मन्दिरमा पूजा आराधना एवं दर्शन

काठमाडौं, 2 फरवरी 2022

साँखु शालिनदीस्थित माधवनारायणको एक महिने व्रत गरिरहेका बर्तालुले तीर्थयात्राका क्रममा दक्षिणकाली नगरपालिकास्थित शेषनारायण मन्दिरमा पूजा आराधना गरेका छन् । एक महिने व्रतमा बसेका बर्तालुले शेषनारायण मन्दिरमुनिको पोखरीमा स्नान गरी  शेषनारायण मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका हुन् । शेषनारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बर्तालु मङ्गलबार साँझ शेषनारायण मन्दिर क्षेत्रमा आएर बास बसेका थिए । बिहान मन्दिर मुनिको पोखरीमा स्नान गरी शेषनारायणको पूजा आराधनासहित दर्शन गरेका थिए । शेषनारायण मन्दिरमा पूजा आराधनासहित दर्शन सकेर बर्तालुले फर्पिङ बजार परिक्रमा गरेका छन् । फर्पिङबाट बर्तालु पैदल बुङमती हुँदै शङ्खमूलमा आएर भोजन गर्ने कार्यक्रम छ । एक महिने व्रतमा रहेका माधवनारायणका बर्तालुले माघ शुक्ल प्रतिपदाका दिन शेषनारायणमा स्नानसहित पूजा आराधना गर्ने प्राचीन परम्परा छ । माघ कृष्ण चतुर्दशीदेखि नै माधवनारायणका बर्तालुले तीर्थयात्रा शुरु गरेका हुन् । माघ कृष्ण चतुर्दशीका दिन सोमबार बिहान साँखुबाट बज्रयोगिनी माईको दर्शन गरी साँखुमा आएर बर्तालुले भोजन गरेका थिए । भोजनपछि पैदल हिँडेर बर्तालु सोमबार बेलुकी पशुपति क्षेत्रमा आइपुगेका थिए । कोरोनाको तेस्रो लहर फैलिरहेकाले पशुपतिनाथमा स्वास्थ्य मापदण्ड पूरा गरेर माधवनारायणको व्रत विधि पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर माधवनारायणका बर्तालुको दर्शन विधि पूरा गर्न भने खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । प्रत्येक वर्ष माघ कृष्ण औँसीमा हुने पर्व पूजा भएकाले स्वास्थ्य मापदण्ड पूरा गरी माधव नारायणका बर्तालुलाई पशुपतिनाथ मूल मन्दिरमा दर्शन गराइएको थियो ।  माधव नारायणको व्रत बसेका बर्तालुले दोस्रो चरणको तीर्थ यात्रा माघ २१ गतेदेखि गर्नेछन् । २१ गते साँखुबाट पनौती गएर बास बस्ने छन् । माघ २२ गते बिहान त्रिवेणीघाटमा स्नान गरी त्यहाँको इन्द्रेश्वरलगायत मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने कार्यक्रम रहको छ । २२ गते दिउँसोको भोजन बनेपामा गरी साँखु आएर बास बस्ने समितिले जनाएको छ । पनौतीबाट साँखु फर्केपछि दोस्रो चरणको तीर्थ यात्रा समापन हुन्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...