HomeFeatureपुँजी बजार सुधार संघर्ष समितिले धितोपत्र बोर्डमा १९ बुँदे मागसहितको ज्ञापन पत्र...

पुँजी बजार सुधार संघर्ष समितिले धितोपत्र बोर्डमा १९ बुँदे मागसहितको ज्ञापन पत्र बुझायो

काठमाडौं, 6 जून 2022

पुँजी बजार सुधारका लागि भन्दै सेयर बजारका लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा १९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् । सोमबार पुँजी बजार सुधार संघर्ष समितिका तर्फबाट तिलक कोइरालाले बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई बिभिन्न माग सहितको ज्ञापन पत्र बुझाउनुभएको हो । ज्ञापन पत्र बुझाउदै कोईरालाले १९ बुँदे माग अधिकांश माग तत्कालै पुरा सक्ने बताउनुभयो । अन्य मागलाई कार्यान्वयनका लागि पनि आफुहरुको सहयोग हुने उहाले बताउनुभयो । उहाले पुँजी बजार सुधारका लागि नियमनकारी निकायहरुले गर्नु पर्ने कामहरु पनि गर्न नसकेको बताउनुभयो । त्यस्तै सरकारले साढे ३ वर्ष अघि नै गरिसक्छु भनेका कामहरु पूरा नगर्दा अहिले पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । उनले सोही १९ बुँदे माग धितोपत्र बोर्डलाई बुझाएका हुन् । साथै, उनले आमरण अनसन सुरु हुनभन्दा पहिले नै मागहरुमाथि धितोपत्र बोर्डले सम्बोधन गर्ने अपेक्षा रहेको बताए । बिगतको एमाले सरकारले साढे ३ वर्ष अघि नै सम्पन्न गर्छु भनेका र वर्तमान अर्थमन्त्रीले २ महिना अघि गरिसक्छु भनेर प्रतिबद्धता गरेका ५८ बुँदाँमध्ये बाँकी काम तत्काल पूरा हुनैपर्ने उहाले बताउनुभयो । ज्ञापन पत्र बुझ्दै बोर्डका अध्यक्ष हमालले लगानीकर्ताको मागप्रति बोर्ड सकारात्मक भएको र अहिले पनि पुँजी बजार सुधार गरिरहेको दावी गर्नुभयो । उहाले अन्य मागका बिषयमा सरोकारवाला निकायसंग छलफल गरिने प्रतिवद्धता जनाउनुभयो । सेयर बजारका लगानीकर्ताले आफुहरुको मागप्रति चासो नदेखाए कडा आन्दोलन गर्ने चेतवनी दिएका छन् । आफ्ना मागका बिषयमा अर्थमन्त्रालयका साथै बिभिन्न राजनीतिक पार्टीहरुसंग छलफल गर्ने तयारी उनीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...