काठमाडौं, 6 अप्रैल 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयतालाई मजबुद बनाएर मात्रै संविधान कार्यान्वयन गर्न सकिने बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताए। प्रधानमन्त्री प्रचण्डले अहिले संघीयता कार्यान्वयनमा समस्या देखापर्न थालेको भन्दै यसलाई सवल र मजबुद बनाएर मात्रै संविधानको सफल कार्यान्वयन गर्न सकिने बताएका छन् । उनले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहेनत गर्न निर्देशन दिए।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले सरकार आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा रहेकोमा जोड दिँदै विगतभन्दा नयाँ र गुणात्मक प्रकृतिको योजना निर्माण र बजेट व्यवस्थाका लागि आवश्यक तयारी गर्नसमेत निर्देशन दिएका छन्।
अहिलेको विषम परिस्थितिमा खर्चमा मितव्ययिता गर्ने, स्रोत परिचालनमा विशेष मेहनत गर्ने र उत्पादन बढाउने कार्यमा ध्यान केन्द्रित गर्नुपर्ने उनले बताएका छन्।









































