सिलगढी, १४ अप्रेल २०२०
जीटीए प्रमुख अनित थापाले सिलगढ़ीको डा. छ्याङ्ग्स अस्पताललाई 100 वटा उच्च गुणवत्ताको पीपीई किट (सेफ्टी किट) प्रदान गर्नुभएको छ । यी किट हरू RKS खरसान सब डिभिजनल अस्पतालका अध्यक्ष बिन्नी शर्मा मार्फत प्रदान गरिएको हो ।

शर्माले यी किटहरू उक्त अस्पतालमा Deputy COMH दार्जीलिंग डा. सुजय बिष्णुलाई हस्तान्तरण गर्नुभएको हो । अहिले उक्त अस्पताललाई यस क्षेत्रको COVID अस्पताल नामकरण गरिएकाले अस्पतालमा कार्यरत सबै डाक्टर-नर्सहरूका लागि यी किटहरू प्रदान गरिएको हो ।

किटहरू प्रदान गरेकोमा डा. छ्याङ्ग्स अस्पतालले
जीटीए अथिरिटी अनि जीटीए प्रमुख अनित थापालाई धन्यवाद ज्ञापन गरेको छ ।









































