HomeFeatureअब गुजरातमा पनि नेपाली किशोरद्वारा आत्महत्या, किन बढ्दैछ भारतमा आत्महत्या

अब गुजरातमा पनि नेपाली किशोरद्वारा आत्महत्या, किन बढ्दैछ भारतमा आत्महत्या

गुजरात, 28 अगस्त 2020

भारतमा पछिल्लो समयपछि एकपछि अर्को गर्दै नेपालीहरुको आत्महत्या गर्ने क्रम बढ्दो छ । चेन्नईमा एक हप्तामा 3 जनाले आत्महत्या गरेको समाचार आइरहेको बेला गुजरातको सिलवासा मसाडमा पनि एक नेपाली किशोरले आत्महत्या गरेका छन । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर-4 छ्याङ-छ्याङ्दी गाँउका स्थायी वासिन्दा दिपक सुनारका 18 वर्षका छोरा विवेक सुनारले गुजरातको सिलवासा मसाडमा आत्महत्या गरेका छन । बुधवार घरमा कोही पनि नभएका बेला उनले पासो लगाएर आत्महत्या गरेको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेद बहादुर कार्कीले बताउनु भएको छ । कार्कीका अनुसार आत्महत्याको कारण अहिले खुलेको छैन ।

विवेक कक्षा 10 परीक्षा दिएर आमासँगै काम गरिरहेका थिए । तर बुधवारका दिन उनले काममा जान मन नभएको भन्दै घर बसेका थिए । आमा काममा गइसकेपछि स्थानीय युवाहरुको साथमा रक्सी सेवन गरि घर फर्किएका विवेकले बहिनीलाई सुत्छु भनेका थिए । बहिनी नजिकैको छिमेकीको घरमा पढन गएका बेला 3 बजेको समयमा आत्महत्या गरेको खुल्न आएको छ । मृतककी बहिनीले उनलाई घरबाट जानु अघि कसैसँग फोनमा कुरा गरेको पनि देखेकी थिइन ।

मूल प्रवाहले आत्महत्या अघि कसैसँग फोनमा कुरा भएको र रक्सी सेवन गरेका साथीहरुलाई पनि केही थाहा भएको हुन सक्ने भन्दै गम्भीरतापूर्वक जाँच गर्न पुलिसलाई आग्रह गरेको बताएको छ । साथै पछिल्लो समय बढेको आत्महत्याका घटनाबारे दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...