नयाँ दिल्ली, 28 अगस्त, खुम गुरुङ
भारतमा काम गर्न आउने नेपालीहरु प्राय विभिन्न रोजगारीका लागि आउने गरेका हुन्छन । विभिन्न सानादेखि ठूला होटलहरुमा नेपाली मजदूरहरुको संख्या धेरै हुने गरेको हुन्छ । तर कोरोना महामारीका क्रममा लकडाउनका कारण लाखौं संख्यामा नेपालीहरु घर फर्किएपछि अहिले नेपाली कामदार रहने होटलहरु र चाइनिज फास्ट फुडका भ्यानहरु प्राय बन्द छन । दिल्लीमा रहेका अधिकांश यस्ता फास्ट फुडका पसलहरु बन्द रहेपनि अब जनजीवन समान्य बन्दै गएपछि व्यवसाय पुरानो स्थितिमा फर्किरहेको छ । यद्धपी कोरोना महामारी अघिको तुलनामा अहिले 50 प्रतिशत मात्रै व्यापार भइरहेको भएपनि अब विस्तारै मानिसहरु घर वाहिर निस्किरहेकाले व्यवसाय बढिरहेको व्यवसायीहरु बताउँछन । रोहीणी सेक्टर 13 मा हेभ मोर नामले फास्ट फुडको भ्यान चलाउँदै आएका धनसिँह रानाले लकडाउनका क्रममा पूर्ण रुपमा बन्द रहेको व्यापार अब खुल्ला भएको र दिल्लीमा कोरोना महामारीको स्थिति विस्तारै सामान्य भएसँगै व्यापार पनि भइरहेको बताउनु भएको छ ।









































