उत्तर प्रदेश, 16 अगस्त
उत्तर प्रदेशको लखीमपुर खीरीमा एक 13 वर्षीय बालिकामाथि बलात्कार गरि क्रुरतापूर्वक हत्या गरिएको छ । अपराध न्यूनिकरणका लागि कडा कानूनहरु बन्दै गएपनि मानवतालाई शर्मसार गर्ने यसप्रकारका घटना प्रकाशमा आउने गरेका छन ।
लखीमपुर खीरी जिल्लाको ईसानगर थाना क्षेत्र अन्तर्गत पकरिया गाँउमा एक दलित समूदायकी 13 वर्षीया बालिकाको पहिला त सामूहिक बलात्कार गरिएको छ । त्यसपछि बालिकाको आँखा फुटालेर जिब्रो काटेर घाँटीमा पासो लगाएर खेतमा घसारिएको छ ।
जानकारीका अनुसार बालिका 14 अगस्त दिउँसो करीब 1 बजे घरबाट दिसा-पिसाब गर्न खेतमा गएकी थिइन । त्यही समयमा गाँउकै 2 युवकहरुले बालिकाको बलात्कार गरि हत्या गरेका हुन । हत्या अघि उनिहरुले बालिकालाई असहनीय दुःख दिएका थिए । युवकहरुले बालिकाको आँखा फुटालेर जिब्रो काटेर शवलाई उखु बारीमा फ्याकेर फरार भएका थिए ।
बालिका रातिसम्म पनि घर नफर्किएपछि परिवारले तलाशी शुरू गरेको थियो । त्यसपछि उखुको खेतमा बालिकाको शव बरामद भएको थियो । पुलिसले शवको पोस्टमार्टम गराएपछि सामूहिक बलात्कारको पुष्टि भएको थियो । त्यसपछि पुलिसले 2 जनालाई हिरासतमा लिएको छ ।









































