HomeFeatureकसरी चल्दैछ भारत-नेपाल बस र कसरी हुँदैछ अवैध सीमा पार, नेशनल लाईभको...

कसरी चल्दैछ भारत-नेपाल बस र कसरी हुँदैछ अवैध सीमा पार, नेशनल लाईभको एक रिपोर्ट

नयाँ दिल्ली, 16 अगस्त, खुम गुरुङ

कोरोना महामारीले हरेक दुई क्षेत्र, गाँउ, टोल, शहर, जिल्ला, अञ्चलमा पर्खाल लगाएको छ । अर्थात लकडाउनले आफ्नै देशभित्र पर्खाल खडा गरिदिएको बेला पहिलेदेखिनै पर्खाल लागेको 2 देशबिच भने पर्खालमा कडाई हुनु स्वभाविकनै भयो । यद्धपी नेपाल-भारतबिच खुला सीमाना भएपनि जारी कोरोना महामारीको कारणले गर्दा दुवै देशले सीमामा कडाई गरेका छन । कोरोना महामारी र लकडाउनका कारण भारतमा रहेका लाखौं नेपालीहरु जसरी असहज यात्रा गर्दै नेपाल पुगेका थिए अब फेरि रोजगारीका लागि त्यसरीनै भारत आइरहेका छन । तर कोरोना महामारी अघि जस्तो संख्यामा भने होइन ।

रोजगारी र उपचारका लागि भारत आउन विवश नेपालीहरुलाई अहिले सीमाको कडाईले हैरान गरेको छ । भारतीय प्रशासनले आधार कार्ड र पहिचान पत्र भएकाहरुलाई मात्रै भारत प्रवेश गर्न दिन थालेकाले आधार कार्ड नभएकाहरु भने समस्यामा पर्ने गरेका छन । यसमा आधार कार्ड भएका तर सीमा सुरक्षा बलको कार्ड स्कैनरमा स्कैन नहुनेहरु पनि परेका छन । सीमा सुरक्षा बलले सीमासम्म पुगेर आधार कार्ड नहुने र कार्ड स्कैन नहुनेहरुलाई जति ठूलो कामले भारत आउन लागेको भएपनि त्यहीबाट फिर्ता पठाउने गरेका छन ।

भारत आउनका लागि अवैध बाटो पनि तयार    

भारतीय सीमा सुरक्षा बलले फिर्ता पठाएका नेपालीहरु र आधार कार्ड नभएका नेपालीहरुलाई अवैध बाटो बाट सीमा पार गराउनका लागि अहिले स्थानिय दलाल र बस व्यवसायीहरु सक्रीय भएका छन ।

स्थानिय दलालहरुले 5 सयदेखि 2 हजार रुपैयाँसम्म लिएर नेपालीहरुलाई सीमा पार गराउने गरेका छन । यसमा दिल्ली, मुम्बई, बेंग्लोर, चेन्नई, पंजाब लगायतका शहरसम्म बस चलाइरहेका बस व्यवसायीहरु पनि शामेल छन । कैलालीको गौरीफण्टा नाकामा एसएसबीले चेकजाँच गर्ने ठाँउभन्दा पर 1/2  किलोमिटरको दूरिमा दलालहरुले भारतीय भएको आधार नभएकाहरुलाई सीमा पार गराएर बससम्म पुऱ्याउने गरेका छन ।

त्यसैगरि बेलहिया र कृष्णनगर नाकामा पनि भारत आउन चाहेका तर कार्ड नभएका नेपालीहरुलाई दलालहरुले 2 हजारसम्म लिएर सीमा पार गराइरहेको हामीलाई जानकारी आएको छ । कार्ड नभएका एक जनाले हामीलाई भने बस संचालकहरुलाई सबैकुरा थाहा छ । उनिहरुलेनै मोलमोलाई गराएर दलाल मार्फत सीमा कटाईदिन्छन ।

भारतीय पक्ष अब झनै कडा हुने

आफ्नो सुरक्षाको कारण देखाउँदै सीमामा कडाई गरेको भारतीय प्रशासनलाई अब अवैध बाटोबाट नेपालीहरु प्रवेश गरिरहेको जानकारी भएको छ । कैलालीको गौरीफण्टा नाकामा 9 जना नेपालीहरुलाई चोर बाटोबाटमा सीमा कटाइएको घटना प्रकाशमा आएपछि प्रशासनले त्यसता स्थानहरुमा पनि निगरानी बढाएको खुल्न आएको छ ।

के भएको थियो गौरीफण्टा नाकामा

सुदुरपश्चिम टूर एण्ड ट्रावल्सका संचालक मध्येका एक जना सदस्य माइकल क्षेत्री ( मेखेन्द्र खत्री) लाई 9 जना नेपालीहरुलाई 5/5 सय रुपैयाँ लिएर गौरीफण्टा सीमा कटाएको भन्दै प्रकाउ गरिएको थियो । कैलालीको त्रिनगर भन्सार नाकाबाट भारत पठाईदिन्छु भन्दै रकम असुलेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको थियो । 14 तारिखमा भएको सो घटनापछि उनलाई सोही दिन पक्राउ गरिएको थियो । उनलाई 15 अगस्तका दिन रिहा गरिएको छ । भारतीय आधार कार्ड नभएका 9 जना नेपालीहरुलाई माइकलले दिल्ली पठाउनका लागि भन्दै मुख्य नाकाभन्दा टाढाबाट गौरीफण्टा नाका पार गराएका थिए । बसमा बसिसकेपछि भएको तलाशीका क्रममा 9 जनालाई बिना आधारकार्ड पाइएपछि नेपाल प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि सबै 9 जनालाई नेपाल प्रहरीको जिम्मा लगाएर अनुसन्धान गरिएको थियो । उनिहरुसँगको सोधपुछका क्रममा माइकललाई पक्राउ गरिएको थियो ।

एक दिन जिल्ला प्रहरी कार्यालय कैलालीमा बसेका माइकलले नेशनल लाईवसँगको कुराकानीमा आफु, 9 जना नेपालीहरुलाई सीमा कटाउने काममा संलग्न नरहेको बताएका छन । उनले सीमा क्षेत्रका केही व्यक्तिहरुले आधार कार्ड नभएका नेपालीहरुलाई 5 सय रुपैयाँ दरले सीमा पार गराइरहेको र 9 जना नेपालीलाई पनि उनिहरुले सीमा कटाएको बताएका छन । माइकलले भने “ उनिहरु  9 जना हाम्रो बसमा सवार भएकाले पुलिसले मलाई हिरासतमा लिएको थियो । मैले उनिहरुबाट लिएको भाडा फिर्ता गरेपछि म छुटेको हुँ । अहिले हामीले दिल्लीदेखि गौरीफण्टासम्मको भाडा 15 सय तोकेका छौं । यात्रु नभएको अवस्थामा हजार/ 12 सयमा पनि लैजाने गरेका छौं । उनिहरुबाट पनि हामीले 12 सय लिएका थियौं, त्यो फिर्ता गरिदिएपछि म रिहा भएको हुँ । “

भारतको राजधानी दिल्ली बस्दै आएका माइकल अहिले कैलालीमा बस्दै आएका छन । उनले भने मैले गलत गरेको छैन, त्यसैले त प्रहरीले मलाई बोलाउने बितिक्कै जिप्रका पुगेको थियो ।

अर्कोतर्फ भारत जानका लागि आएकाहरु आधारकार्ड बिना भारत जान पाउने भएपछि अवैध बाटोबाट केही रकम दिएर जान पाउँदा सहज महसुस गरेका छन । भारत जान निस्किएकाहरुलाई उनिहरुलाई नेपाल-भारतको कुनै पनि देशको नागरिकता वा पहिचान पत्रले आवत-जावत गर्न नदिएसम्म यो अवैध व्यवसाय यसरीनै चल्ने देखिन्छ । रोजगारीको अभावमा भोकै मर्ने अवस्था आउने भएपछि नेपालीहरु जोखिम मोलेर पनि भारत पस्न बाध्य भएका छन । सरकारले उनिहरुको बाध्यतालाई मध्य नजर गर्दै सहज भारत प्रवेशको वातावरण मिलाउन जरुरी रहेको सीमा हुँदै भारत आएका एक नेपालीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...