बेङ्गलोर, 15 अगस्त, मिनेष रावल
भारतमा कोरोना महामारीका बेला चर्को भाडा असुल गरेर बस व्यवसायीहरुले प्रवासी नेपालीहरुलाई दुःख दिएका बेला केही बस व्यवसायी भने सेवाभावले काम गरिरहेका छन । कर्नाटक राज्यको बेङ्गलोरमा बस गणेश थापाको नेतृत्वको समूहले नकेवल सस्तो दरमा बस यात्रा गराइरहेका छन, साथै समस्यामा परेका नेपालीहरुलाई पनि सहयोग गरिरहेका छन । समूहले फोक्सोको रोगले ग्रस्त भएका एक नेपालीलाई करिब 48 हजार आर्थिक सहयोग गरेको छ ।

बझाङको थलारा गाँउपालिका ९ राबलीका स्थायी बासिन्दा नरबहादुर डेउडा फोक्सोको रोगका कारण विरामी भएपछि फिलोमिना अस्पतालमा उपचार गराउँदा अर्थिक अभाव भएको र अब नेपाल जान चाहेको बताएपछि बझाङका सोही गाउपालिकाका गणेश थापाको समूहले चन्दा संकलन गरि 44 हजार 8 सय भारु हस्तान्तरण गरि बेङ्गलोरदेखि गौरिफण्टासम्म निशुल्क बस सेवा दिएर घर पठाएको छ ।
समूहले आर्थिक सहयोग गर्ने दाताहरुको पनि विवरण सार्वजनिक गरेको छ ।
गणेश थापा- 1111
राम रोकाया- 1111
सुरेश खत्री- 1050
इश्वर थापा-1000
राम थापा- 1000
मोहन विष्ट- 501
हरिश खाती- 501
सुरेश धामी- 1500
मदन रोकाया- 3001
मोहन विष्ट- 1500
बिरेन्द्र विष्ट- 2050
रामराज धामी- 501
राजु रेग्मी- 501
राम सागर विष्ट- 501
बिरेन्द्र खत्री- 3001
जितु धामी- 500
गौतम विष्ट-501
सुरेश धामी- 501
जनक खाती- 501
धनहरी रावल- 501
उमेश धामी- 2000
सुस्मिता धामी- 1500
नारायण उपाध्याय- 625
गणेश बिक – 505
बमन खडका- 1601
मीन बहादुर थापा-2000
भरत डेउडा- 2050
इश्वर डेउडा- 6796
प्रेम रोकाया- 1000
नेत्र जोशी- 501
जनेश्वर जोशी- 2001
रण बहादुर रोकाया-2151
राम बहादुर खाती- 200
र कमल रोकायाले 500 रुपैयाँ सहयोग गरेका छन

गणेश थापा
हाम्रा संवाददाता मिनेष रावलका अनुसार बेङ्गलोर बीबी पुरममा बस्ने नेपाली युवाहरु गणेश थापा, राजु रेग्मी र सुरेश खत्रीको समूहले आर्थिक समस्याबाट ग्रस्त भएका बझाङको दुर्गा थली गाउँपालिकाका राजु जोशीको 4 जनाको परिवारलाई आन्ध्र प्रदेशको गुडुर भन्ने ठाँउबाट उद्धार गरि गौरिफण्टासम्म निशुल्क रुपमा पठाएको छ ।
गणेश थापाको समूहले बेङ्गलोरदेखि सस्तो दरमा नेपाल बोर्डरसम्म बस पठाइरहेका छन । जहाँ अन्य नेपाली बस व्यवसायीहरुले चर्को भाडामा नेपालीहरुलाई बोर्डरसम्म पुऱ्याइरहेका बेला यो समूहले कुनै कमिशन नखाएर बस बुक गरेकै राशी यात्रुहरुमा बराबर विभाजन गरेर भाडा तय गर्ने गरेको जनाइएको छ । उक्त समूहले अहिले नेपालमा 3 हजारदेखि 5 हजारसम्मको भाडा दर कायम गरेका छन । जुन अरु ट्रावल्सभन्दा सस्तो पनि छ ।









































