काठमाडौं, 7 सितम्बर 2021
ओडिआई क्रिकेटमा नेपाली क्रिकेटर विक्रम सोबले शानदार डेब्यू गरेका छन् । उनले मंगलबार पपुवा न्युगिनीविरुद्धको पहिलो ओडिआईमार्फत डेब्यू गरेका हुन । साथै उनले डेब्यू खेलको पहिलो बलमै विकेट लिँदै गज्जब सुरुवात गरेका छन् । सोमपाल कामीले नेपालको लागि पहिलो ओभर बलिङ गरेका थिए । त्यसपछि विक्रमले दोस्रो ओभर बलिङ गरे । जहाँ उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै पपुवा न्युगिनीका ओपनर टोनी उरालाई बोल्ड गरे । उनी १ रन बनाएर आउट भए । पहिलो बलमै विक्रम ओडिआई डेब्यूको विकेट लिने पहिलो नेपाली खेलाडी छन् विश्व क्रिकेटमा २८औ खेलाडी बने ।विक्रम पहिलो ओभर विकेट लिँदै मेडन राखे । त्यसपछि उनले आफ्नो दोसो ओभरमा असद भालालाई आरिफ शेखबाट क्याचआउट गराए । ओमानको अल अमरेत क्रिकेट मैदानमा भइरहेको खेलमा विक्रमसंगै कुशल भुर्तेल र आसिफ शेखले पनि ओडिआईमा डेब्यू गरेका छन् ।









































