काठमाण्डौ, 3 अप्रैल 2021
प्रधानमन्त्री ओलीले फाँसीवाद ल्याउन चाहनेहरुले नै अहिले फाँसीवाद आउन लाग्यो भन्दै लोकतन्त्रका विरुद्ध जनतालाई भड्काउने काम गरेको दाबी गर्नुभएको छ । शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि पनि लोकतन्त्रका विरुद्ध जनतालाई भड्काउने काम गरेकाहरु नै अहिले फाँसीवाद आयो भन्दै सरकारको विरोधमा पुन जनतालाई भ्रमित पार्ने प्रयासमा लागेको दाबी उहाँले गर्नुभयो । तर उहाँले यसमा संलग्नहरुको नाम भने लिनुभएन ।
उहाँले भन्नुभयो “के हो तानाशाही भनेको ? फासीवाद भनेको शब्द बुझेर बोलेको हो कि नबुझि बोलेको हो ? के हो फासीवाद भनेको ? जसले फासीवाद छ अहिले भने, त्यही मान्छेले फासीवाद ल्याउन खोजेका थिए । संविधानले शान्तिपुर्ण परिर्वतनको बाटो दिएपछि पनि जनताको अभिमत, जनताका बीचमा जाने कानुनी र प्रणनालीगत व्यवस्था खुल्ला भएपछिपनि जनतालाई भड्काएर,उचालेर लोकतन्त्रका विरुद्ध केही गर्नुपर्ने आवश्यकताको नेतृत्व जो मान्छेले गर्छ , लोकतन्त्रका विरुद्ध उसैले भन्छ कि फासीवाद, तानाशाही, अधिनायकवाद भो । नबुझेर बोल्या जस्तो लाग्यो मलाई । यस्ता भ्रमपुर्ण कुराबाट भ्रमित हुनुपर्ने कुनै आवश्यकता छैन । ”









































