HomeFeatureभारतमा लकडाउन खुकुलो भएपछि नेपालीहरु धमाधम नेपाल फर्किदै

भारतमा लकडाउन खुकुलो भएपछि नेपालीहरु धमाधम नेपाल फर्किदै

नयाँ दिल्ली, 23 मई 2020

भारतमा फसेका नेपालीहरुलाई नेपाल भित्र्याउनका लागि कुनै आधिकारिक निर्णय नभए पनि अहिले नेपाल जाने यात्रुको संख्या ह्वात्तै बढेको छ । नेपालका कयौं सीमा नाकामा आफ्ना नागरिकहरुको प्रवेशमा कडाई गरिए पनि अधिकांश नाकामा आवश्यक सोधपुछ र चेकजाँचपछि सहजै पस्न दिइएको छ । सुदुरपश्चिम प्रदेशबाट सीमा लाग्ने बनबसा नाकामा कयौं दिन पहिला पुगेका नेपालीहरुलाई प्रवेश गर्न नदिइएका बेला प्रदेशकै गौरीफण्टा नाकाबाट भने स्थानिय गाँउ, वडा र नगरको समन्वयमा पस्न दिएको छ । त्यसैगरि अन्य प्रदेशसँग सीमा जोडिएका रुपैडिहा, कृष्णनगर, सुनौली, बीरगंज लगायतका नाकाबाट पनि नेपालीहरु प्रवेश गरिरहेको खबर छ । यद्धपी सीमासम्म पुगेका नेपालीहरुले दुःख पाएको खबर पनि हामीलाई प्राप्त भएको छ । भारतमा लकडाउन केही खुकुलो भएपछि नेपाल जाने नेपालीहरुको संख्या बढेको हो । अहिले भारतका विभिन्न राज्यबाट नेपालका विभिन्न सीमासम्म दैनिक रुपमा बसहरु चलिरहेका छन । कयौं बस व्यवसायीले सीमा नखोलेको भन्दै बस चलाएका छैनन भने कयौं व्यवसायीले बस चलेको भन्दै आफै नेपाली यात्रुहरु बटुलिरहेका छन । भारतबाट एकै पटक सीमा खोल्दा कोरोनाको संक्रमण बढ्ने आशंकामा सीमा नखोल्ने निर्णय गरेको नेपाल सरकारले अहिले भने प्रदेश सरकारले भारत गएका प्रदेशवासीलाई भित्र्याउँदा कुनै प्रकारको प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...