काठमाडौं, 30 मार्च 2023
नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। आज (बिहीबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई मन्त्री छान्ने अधिकार प्रत्योजन गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए । उनका अनुसार देउवाले सबैसँग सल्लाहकार गरेर मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने छन् । प्रधानममन्त्रीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।









































