4 जनवरी 2022
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्तर प्रदेशको सुल्तानपुरमा कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको छ। उनी अस्पतालमा भर्ना भएकी छन् । खुट्टामा गोली लागेर घाइते रीतालाई सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । रीतामाथि गोली चलाउने व्यक्तिको भने पहिचान भएको छैन । नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेस-वे उदघाटन समारोहलाई सुल्तानपुरमा सम्बोधन गरिरहेको बेला रिता यादवले कालो झण्डा देखाएकी थिइन् । रीतालाई प्रहरीले नियन्त्रणमा लिएर दुई दिनपछि छाडेको थियो । उक्त घटना भएको एक महिनापछि उनी कांग्रेसमा प्रवेश गरेकी थिइन् । अंतराष्ट्रीय माध्यमका अनुसार उनी पोष्टर र ब्यानर बनाउन सुल्तानपुर गएर घर फर्किने क्रममा लम्भुजा नजिक राजमार्गमा गोली हानिएको हो।









































