नयाँ दिल्ली डेस्क 15 मई 2020
वैश्विक महामारी कोरोना भाइरसबाट विश्वभरीमा अहिलेसम्म 3 लाख 4 हजार 186 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 45 लाख 52 हजार 436 पुगेको छ भने, अहिलेसम्म 17 लाख 18 हजार 558 जना उपचारपछि ठिक भएका छन्।
कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 86 हजार 942 जनाको ज्यान गएको छ, भने संक्रमितको संख्या 14 लाख 58 हजार 243 पुगेको छ। ब्रिटेनमा अहिलेसम्म 33 हजार 614 जनाको ज्यान गएको छ, भने 2 लाख 33 हजार 151 जना संक्रमित भएका छन्। इटालीमा अहिलेसम्म 31 हजार 368 जनाको ज्यान गएको छ, भने 2 लाख 23 हजार 96 जनामा संक्रमणको पुष्टि भएको छ। त्यसैगरी स्पेनमा अहिलेसम्म 27 हजार 459 जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 2 लाख 74 हजार 367 पुगेको छ।
चीनमा कोरोना संक्रमितहरूको संख्या 82 हजार 933 पुगेको छ। 4 हजार 633 जनाले ज्यान गुमाएका छन्, भने अहिलेसम्म 78 हजार 209 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। त्यसैगरी 91 जनाको उपचार चलिरहेको छ।
भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रतिदिन बढिरहेको छ। भारतमा अहिलेसम्म 82 हजार 834 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या बढेर 2 हजार 657 पुगेको छ। 28 हजार 604 जना उपचारपछि सञ्चो भएका छन्।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या बढेर 258 पुगेको छ। आज नेपालमा थप 9 जनामा कोरोना पुष्टि भएको छ। त्यसैगरी अहिलेसम्म 36 जना उपचारपछि पूर्ण रूपमा स्वस्थ्य भएर घर फर्किएका छन्।









































