HomeFeatureभारतमा कोभिड-19 संक्रमितको संख्या चीनभन्दा बढी, लगभग 86 हजार संक्रमित

भारतमा कोभिड-19 संक्रमितको संख्या चीनभन्दा बढी, लगभग 86 हजार संक्रमित

नयाँ दिल्ली डेस्क, 16 मई 2020

भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या दिन प्रति दिन बढिरहेको छ। भारतमा संक्रमितको संख्या चीनभन्दा पनि बढी पुगेको छ। भारतमा अहिलेसम्म कोभिड-19 बाट संक्रमित हुनेको संख्या 85 हजार 940 पुगेको छ। त्यसैगरी कोरोना भाइरसको उद्गम बिन्दु देश चीनमा भने यो संख्या 82 हजार 941 छ।

भारतमा पछिल्लो 24 घण्टामा 3 हजार 970 नयाँ संक्रमित थपिएका छन्। त्यस्तै पछिल्लो 24 घण्टामा 103 जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या 2 हजार 753 पुगेको छ। त्यसैगरी अहिलेसम्म 30 हजार 258 जना उपचारपछि सन्चो भएका छन्।

भारतको महाराष्ट्र राज्य कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 29 हजार 100 पुगेको छ। 1 हजार 68 जनाको मृत्यु भइसकेको छ, भने त्यहाँ 6 हजार 564 जना उपचारपछि ठिक भएका छन्। तामिलनाडुमा अहिलेसम्म 10 हजार 108 जना संक्रमित भएका छन् भने 71 जनाको मृत्यु भएको छ। 2 हजार 599 जना उपचारपछि ठिक भएका छन्। त्यस्तै गुजरातमा अहिलेसम्म 9 हजार 931 संक्रमित पुगेका छन्। यो राज्यमा मृत्यु हुनेको संख्या पनि 606 पुगेको छ। त्यस्तै 4 हजार 35 जना ठिक भएका छन्।

त्यसैगरी राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसबाट 8 हजार 895 जना संक्रमित भएका छन्। 123 जनाको मृत्यु भएको छ भने 3 हजार 518 जना उपचारपछि ठिक भएका छन्। भारतको मध्य प्रदेशमा संक्रमितको संख्या 4 हजार 595  पुगेको छ। यो राज्यमा 239 जनाको मृत्यु भइसकेको छ। पश्चिम बंगालमा 2 हजार 461 संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या 225 पुगेको छ।

उत्तर प्रदेशमा पनि संक्रमित संख्या 4 हजार 57 पुगेको छ। उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट 95 जनाको मृत्यु भएको छ। बिहारमा 1 हजार 18 संक्रमित पुग्दा 7 जनाको मृत्यु भइसकेको छ।

भारतको नागाल्याण्डमा भने अहिलेसम्म एउटा पनि मामिला फेला परेको छैन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...