दिल्ली, 7 सितम्बर 2021
अमेरिका, चीन र रुस जस्ता देशहरुलाई पछाडि पारी क्युबाले कोरोना अवधिमा ठूलो उपलब्धि हासिल गरेको छ। क्युबा २ वर्षका बालबालिकालाई खोप लगाउने संसारको पहिलो देश बनेको छ। त्यहाँ २ कोरोना भ्याक्सिन अब्दाला र सोब्राना नाम गरीएको छ, दुबै क्युबा आफैंले तयार गरीएको हो। बच्चाहरुमा क्लिनिकल ट्रायलहरु पनि गरिएका छन्। डब्ल्यूएचओले उनीहरुलाई अझैसम्म मान्यता दिएको छैन। क्युबामा १२ बर्ष सम्मका बालबालिकाहरुको खोप सुरु भैसकेको छ।









































