HomeFeatureचितवनकी 63 वर्षीया महिला कोरोना उपचारपछि डिस्चार्ज, अहिलेसम्म 35 जना निको भए

चितवनकी 63 वर्षीया महिला कोरोना उपचारपछि डिस्चार्ज, अहिलेसम्म 35 जना निको भए

काठमाण्डौँ, 13 मई 2020

चितवनकी 63 वर्षीया महिला कोरोना उपचारपछि आज डिस्चार्ज भएकी छन्। कोरोना भाइरसको संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत उनको पछिल्लो 2 वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो। अस्पतालमा राप्ती नगरपालिका–8 की ती महिलाका 27 वर्षीय छोरासमेत कोरोना संक्रमणपछि उपचाररत थिए। छोरा केही समय अघि मात्र निको भएर फर्किसकेका छन्।

दुवैका अवस्था सामान्य रहेको र अझै 2 साता घरमै क्वारेन्टिनमा बस्नुपर्ने बताइको छ। उनीहरु दुवै आमा छोरालाई राप्ती नगरपालिकालाई जिम्मा लगाइएको छ। दुवै आमा छोरा गत चैत 3 गते बेलायतबाट नेपाल आएका थिए, चैत 5 गते चितवन आइपुगेका थिए। वैशाख 4 गते भरतपुर कोभिड–19 परीक्षण प्रयोगशालामा उनिहरूमा कोरोना पोजिटिभ देखिएको थियो।

योसँगै नेपालमा कोरोना विरुद्धको लडाई जित्नेको संख्या 35 पुगेको छ। हालसम्म नेपालमा 217 जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...