8 नवम्बर 2021
भारतको छत्तीसगढ राज्यमा एक प्रहरी जवानले गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको छ। घट्नामा तीन जना घाईते भएका छन। प्रहरी जवानले आफ्नै चार जना साथीमाथि गोली प्रहार गरेको बताईएको छ। भारतीय संचारमाध्यमका अनुसार सुकमा जिल्लास्थित, केंद्रीय रिजर्व प्रहरी बल (सीआरपीएफ)मा सोमबार एके–४७ राइफलबाट हानेको गोली लागेर चार जनाको मृत्यु भएको हो। गोली प्रहार गर्ने प्रहरी जवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते प्रहरीलाई स्थानीय अस्पतालमा भर्ना गरि उपचार भईरेहेको छ ।









































