8 नवम्बर 2021
विश्वकै सबभन्दा बढी लोकप्रिय सरकार प्रमुखमध्ये भारतीय प्रधानमन्त्री मोदी पहिलो स्थानमा परेका छन्। अमेरिकी अनुसन्धान संस्था ‘मर्निङ कन्सल्ट’ ले गरेको सर्वेक्षणमा मोदी पहिलो भएका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडेन, जर्मनीकी चान्सलर एन्जेला मर्केलगायतलाई पछि पार्दै प्रधानमन्त्री मोदी पहिलो भएका हुन्। प्रधानमन्त्री मोदीले मूल्याङ्कनमा ७० प्रतिशत अंक प्राप्त गरेका छन्।









































