काठमाडौं, 20 अक्तूबर 2021
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले छठपछि देशभर आन्दोलन गर्ने घोषणा गरेको छ । मोर्चाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर तत्कालीन राजा वीरेन्द्र शाह र दलहरुबीच भएको २०४७ सालको संविधानलाई टेकेर गरिएको ५ बुंदे सम्झौता अक्षरस पालन गर्न माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो । पुर्व राजा ज्ञानेन्द्र शाहले असोज २६ गते फुलपातीको दिन नेपाली जनताको नाममा दिएको शुभकामना र सन्देशले २०४७ सालको सम्झौताबारे उल्लेख गरेको भन्दै मोर्चाले त्यसलाई पालन गरेर अगाडि बढ्न सरकारलाई आग्रह गरेको हो । मोर्चाका कार्यकारीणी अध्यक्ष तारानाथ लुइटेलले राजनीतिक दलहरुले प्रजातान्त्रिक समाजवादको नारा लिएर जाने र जनताको समस्या, इच्छा आकांक्षालाई चुनावी एजेन्डा मात्र बनाउने गरेको आरोप लगाउनुभयो । उहाले नेपालको पुरानो अस्तित्व बचाउन सकिएन भने नेपालका राजनीतिक दलको अर्थ नहुने बताउनुभयो । उहाले गोलमेच सम्मेलन मार्फत अगाडी बढ्ने पनि बताउनुभयो । मंसिर १२ गतेभित्र ७ प्रदेशमा संरचना गर्ने र अब चाडैनै ५ क्षेत्रमा आम विशाल जनसभा गर्ने उहाले जानकारी दिनुभयो ।









































