HomeFeatureबिभिन्न ८ बुदे माग राख्दै डीडीसीका कर्मचारी आन्दोलित

बिभिन्न ८ बुदे माग राख्दै डीडीसीका कर्मचारी आन्दोलित

काठमाडौं, 20 अक्तूबर 2021

बिभिन्न ८ बुदे माग राख्दै दुग्ध विकास संस्थान (डीडीसी )का कर्मचारीले आन्दोलन सुरु गरेका छन्। संस्थानलाई नाफामा लान नसकेको , भ्रष्टाचारीलाई कारवाही नगरेको , कर्मचारीलाई दुख दिने मनासयले सरुवा गरेको लगाएतमा माग राख्दै कर्मचारीहरुले केन्द्रीय कार्यालय लैनचौरमा आन्दोलन सुरु गरेका हुन् । उनीहरुले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । उपपमहाप्रबन्धक अधिकारीले डीडीसीमा एक करोडभन्दा बढी रकम हिनामिना गरेको उनीहरुले आरोप लगाएका छन् । डीडीसी कर्मचारी संघका महासचिव एवं आन्दोलन परिचालन समितिका प्रवक्ता एयुव अलि खानले संस्थान सुधार र कर्मचारीको बृतिबिकासका लागि आन्दोलन गर्नुपरेको बताउनुभयो । यसअघि राखेको २० सुत्रिय मागमा प्रशासनले सहमति गरेपनि कार्यान्वयन हुन नसकेको उहाको भनाई छ । कर्मचारीहरुले २०५७ साल भन्दा अगाडी स्थायी भएका सम्पूर्ण कर्मचारीलाई प्राविधिक ग्रेड दिन नसकेको बताएका छन् । त्यस्तै दुघ र दुघजन्य पदार्थको बिक्रिबितरण समयानुकुल बृद्धि गर्न नसकेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...