HomeFeatureदेशभरी विभिन्न 10 स्थानहरूबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु

देशभरी विभिन्न 10 स्थानहरूबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु

काठमाण्डौँ, 6 अप्रेल

सरकारले देशभरी विभिन्न 10 स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमुना परीक्षण सुरु गरेको छ। काठमाडौंसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण शुरु गरिएको हो। अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा 1 हजार 6 सय 97 जनाको नमुना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा १२ सहित १ सय ७ जना आइसोलेसनमा रहेका छन्। देशभरी ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनुभयो।

प्रवक्ता देवकोटाले राष्ट्रिय एम्बुलेन्स सेवा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच १० वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने विषयमा सम्झौता समेत भएको छ। राष्ट्रिय एम्बुलेन्स सेवाका ५, मन्त्रालयका ४ र महानगरका १ सहित १० वटा एम्बुलेन्स तयारी अवस्थामा रहनेछन्।

यसैगरी नेपाल मेडिकल काउन्सिलसहितको टोलीले उपत्यकाका विभिन्न अस्पलताको अनुगमन गरेको छ। वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङ अस्पताल, सिभिल अस्पताल र काठमाडौं मेडिकल कलेजमा अनुगमन गरिएको हो। कोरोना भाइरससँग सम्बन्धित सेवाहरु, जनशक्तिका विषयमा अनुगमन गरिएको प्रवक्ता देवकोटाले बताउनुभयो। सरकारले सातवटै प्रदेशमा स्वास्थ्य मन्त्रालय अन्तर्गत ११ औ तहका कर्मचारीको नेतृत्वमा जनशक्ति परिचालन गरी आवश्यक जनशक्ति पहिचान गर्न निर्देशन पनि दिइएको छ। प्रदेशमा भएको जनशक्तिको अवस्थाका विषयमा प्रतिवेदन तयार गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...