HomeFeatureलक्ष्मीनगरका सीए विद्यार्थीहरु पनि दिल्लीमा नेपालीहरुको भोको पेट भर्दै, खाद्यान्न र नगद...

लक्ष्मीनगरका सीए विद्यार्थीहरु पनि दिल्लीमा नेपालीहरुको भोको पेट भर्दै, खाद्यान्न र नगद सहयोग गर्दै

नयाँ दिल्ली, 3 अप्रेल

कोरोना भाइरस महामारीका कारण भारत लकडाउन गरिएपछि अलपत्र परेका नेपालीहरुलाई खानपिनको समस्या ठूलो चुनौति बनेको छ । विभिन्न संघ-संस्थाहरुले भोकै बस्न बाध्य नेपालीहरुलाई खाद्यान्न सहयोग गरिरहेका बेला दिल्लीको लक्ष्मी नगरमा रहेका सीए विद्यार्थीहरु पनि सहयोगका लागि अगाडी आएका छन ।

विद्यार्थी नेता सुधन महतको नेतृत्वमा केही नेपाली सीए र सीए विद्यार्थीहरुले निरन्तर सहयोग जुटाईरहेका छन । उनिहरुले लक्ष्मीनगर नजिक शास्त्री नगरमा भाडामा बस्ने 20 जना नेपालीहरुलाई 14 अप्रेल अर्थात लकडाउनको अवधि भरिलाई पुग्ने गरि खाद्यान्न वितरण गरेका छन।

प्रेमबहादुर शाही लगायतले सहयोगका लागि आग्रह गरेपछि आफुले सहयोगको अपील गरेको र त्यसपछि नेपाली सीए र सीए विद्यार्थीहरु अगाडी आएको विद्यार्थी नेता सुधन महतले बताउनु भयो ।

सीए रुद्र सिलवाल, सीए मधुरेन्द्र सिंह, सीए हेमन्त पाण्डे, सीए सबिता बस्नेतले 5 हजार मूल्य बराबर खाद्यान्न सहयोग गरेको र त्यो शास्त्री नगरका नेपालीहरुलाई बुझाइएको महतले बताउनुभयो ।

त्यसैगरि कैलाश श्रेष्ठ, सीए सुजन सुवल, सुरेन ढकाल, आरडी महतो, चन्दन कुशवाहा, निर्मल मरासिनी, रजत रौनियार, राजु भट्टराईलगायतले नगद सहयोग गर्नुभएको छ ।

अलपत्र परेका नेपालीहरुलाई सहयोग गर्ने उद्धेश्यले लक्ष्मीनगरका सीए सर्कलले लगातार सहयोग गरिरहेकोले आवश्यक परेकाहरुलाई वितरण गरिने महतले बताउनुभयो । उहाँले सहयोग गर्ने सबैप्रति आभार पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...