HomeFeatureनेपालभरी हालसम्म 19 हजार बढीको कोरोना परीक्षण, संक्रमितको संख्या 16 जना यथावत

नेपालभरी हालसम्म 19 हजार बढीको कोरोना परीक्षण, संक्रमितको संख्या 16 जना यथावत

काठमाण्डौँ, 16 अप्रेल

नेपालभरी 19 हजार बढी परीक्षण भइसक्दा संक्रमितको संख्या यथावत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहिबारसम्म नेपालभर कोरोना संक्रमितको संख्या 16 रहेको छ, जसमा एकजना निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको दायरालाई फराकिलो बनाइरहँदा नयाँ कुनै पनि नयाँ संक्रमित थपिएका छैनन्। हालसम्म नेपालभर 19 हजार 4 सय 32 जनाको पीसीआर तथा आरडीटी विधिबाट परीक्षण भइसकेको छ। हालसम्म पीसीआरबाट 7 हजार 2 सय 40 वटा नमुना परीक्षण भएको छ भने आरडीटीबाट 12 हजार 1 सय 92 जनाको परीक्षण भएको छ।

अहिले देशका 8 जिल्लाबाहेक अन्य सबै जिल्लामा आरडीटी परीक्षण सुरु भइसकेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आरडीटीमा केही जिल्लामा पोजेटिभ आएको, ती सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो। अहिलेसम्म संक्रमितको संख्या 16 नै रहेको छ, र एकजना निको भइसक्नु भएको उहाँले बताउनुभयो। अहिले देशैभर विभिन्न ठाउँमा क्वारेन्टिनमा 4 हजार 9 हजार 1 जना रहेका छन् भने आइसोलेसनमा 1 सय 3 जना रहेका छन्। त्यस्तै, स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको वेबसाइट र एपमा 18 हजार 4 सय 24 जनाले आफ्नो विवरण भरेर कोभिड-19 को संक्रमण रहे/नरहेको स्वमूल्याङ्कन गरेका छन्। जसमध्ये हालसम्म रेड जोनमा 2 सय 47 जना परेका छन्।

संक्रमण भएर उपचाररत रहेकामध्ये 2 जना टेकूस्थित टेकू अस्पताल, 2 जना बागलुङस्थित धौलागिरी अञ्चल अस्पताल, 5 जना धनगढीस्थित सेती प्रादेशिक अस्पताल र 4 जना वीरगञ्जस्थित नारायणी अस्पतालमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...