कालेबुङ समाचार १५ अप्रेल (निस)
हाम्रो स्वाभिमान ट्रस्ट उत्तराखण्डद्वारा आवश्यक परेका मनिसहरूलाई राहत सामग्री वितरण गरिएको छ । विशेष गरी हाम्रो स्वाभिमान ट्रस्ट उत्तराखण्डकी प्रदेश अध्यक्षा श्रीमती कमला थापाको नेतृत्वमा आवश्यक परेका मनिसहरूलाई साँई नागेश्वशर समिति डाकराद्वारा चिन्हित गढी़ – डाकराका लगभग 45 परिवारलाई, श्रीमती विनिता क्षेत्रीद्वा्रा 2 परिवार, नयाँ गाउँका वरिष्ठ समाजसेवी श्री खेम बहादुर थापाद्वारा चिन्हि़त 6 परिवार, शाखा अध्याक्ष नागनाथद्वारा चिन्हित 30 परिवार, 2 अन्य परिवार गरी कुल 85 परिवारहरूलाई राहत राशनका प्याकेटहरू वितरित गरियो । यो वितरण गरिएका खाद्य सामग्री दानकर्ताहरूलाई हार्दिक आभार सहित धन्यवाद दिइएको छ । आज श्री सुभाष लाला जैतनवालाले – 20 किलो चामल, हीरालाल शाह ईदगाहद्वारा – 50 किलो चामल लगायत एवं गुप्तदानको रुपमा — 2500/- रूपियाँ, 50 किलो चामल एवं 15 किलो दाल सहयोगस्वरूप प्रदान गरियो ।

हिजो श्रीमती कविता क्षेत्री, प्रभा शाह, श्रीमती विनिता क्षेत्री, श्रीमती विनिता खत्री, श्रीमती मधु खनाल, साँई नागेश्ववर समितिकी श्रीमती सपना थापा, श्रीमती किरण, युवा समाजसेवी मनोज क्षेत्री एवं विकास राज थापा अनि उनको टीमले आफ्नो श्रमदान सहयोग गरेको थियो ।









































