HomeFeatureनेपाल भित्र प्रचलनमा रहेका नापतौल सम्बन्धी भाषा, इकाईलाई संरक्षण गर्नुपर्नेमा सांसदहरुको जोड

नेपाल भित्र प्रचलनमा रहेका नापतौल सम्बन्धी भाषा, इकाईलाई संरक्षण गर्नुपर्नेमा सांसदहरुको जोड

काठमाण्डौ, 3 डिसेम्बर 2020

सांसदहरुले नेपालभित्र परम्परा देखि चल्दै आएको नापतौल सम्बन्धीको व्यवहार, भाषा र शब्दलाई संरक्षण गरेर जानुपर्नेमा जोड दिएका छन। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा नापतौल ऐन २०२५ लाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफलमा सहभागि भएका सांसदहरुले नेपाल भित्र प्रचलनमा रहेका नापतौल सम्बन्धी भाषा, इकाईलाई संरक्षण गर्नुपर्ने बताएका हुन् । समिति सभापति पर्शुराम मेघी गुरुङ्ले धेरै वर्षपछि अध्ययन अनुसन्धान हुँदा नेपालमा प्रचलनमा रहेको नापतौल सम्बन्धी इकाई र भाषाले देशको तत्कालिन अवस्था देखाउने हुँदा संरक्षण गर्नुपर्ने बताउनुभयो ।

यस्तै सांसद बेदुराम भुसालले नापतौल इकाइका अंग्रेजी शब्दको सट्टा नेपाली शब्द प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । नेपाली भाषाको संरक्षणको लागि पनि अंग्रेजी शब्दको नेपालीकरण आवश्यक रहेको बताउनुभयो ।

सांसद ठगेन्द्रप्रकाश पुरीले नापतौल जनाउने अंग्रेजी शब्दको नेपाली भए नेपाली र अंग्रेजी मात्र भए नेपालीमा बुझिने गरी पारिभाषा दिएर स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

सरकारले नापतौलको इकाइलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन मिटर, किलोग्राम, सेकेण्ड, एम्पियार, केल्भीन, क्याण्डेला र मोल जस्ता शब्दलाई प्रयोगमा ल्याउन ऐन संशोधन गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...