HomeFeatureपतजंलीले बनाएको कोरोनाको औषधीमाथि रोक, प्रचार प्रसार बन्द गर्न सरकारको आदेश

पतजंलीले बनाएको कोरोनाको औषधीमाथि रोक, प्रचार प्रसार बन्द गर्न सरकारको आदेश

नयाँ दिल्ली. 23, जुन 2020

भारत सरकारले बाबा रामदेवको पतंजली आयुर्वेदले बनाएको कोरोना भाईरसको औषधीको प्रचार प्रसारमा रोक लगाएको छ । भारत सरकारको आयुष मन्त्रालयले पतंजली आयुर्वेद लिमिटेडले कोरोनाको औषधी बनाएको भन्ने दावीमा प्रश्न खडा गर्दै औषधीको विधिवत जाँच नभएसम्म त्यसको प्रचार-प्रसार नगर्न र यससँग सम्बन्धित विज्ञापन पनि बन्द गर्न आदेश जारी गरेको छ । पतंजली बनाएको कोरोनाको औषधीबारे बोल्दै आयुष मन्त्रालयले कुन प्रकारका वैज्ञानिकहरुले कस्तो अध्ययनपछि औषधी तयार पारेका हुन त्यसको आफुहरुलाई जानकारी नभएको भनेको छ । मन्त्रालयले यससँग सम्बन्धित सम्पूर्ण जानकारीहरु पनि माग गरेको छ । सरकारले स्पष्ट रुपमा अर्को आदेशसम्मका लागि विज्ञापनमा रोक लगाएको छ ।

आयुष मन्त्रालयले पतंजलीसँग नमूनाको आकार, स्थान, अध्ययन गरिएको अस्पताल र आचार समितिको स्वीकृतिका बारेमा विस्तृत जानकारी  उपलब्ध गराउन भनेको छ ।

यसअघि आज पतंजली योगपीठ हरिद्वारमा एक कार्यक्रम आयोजना गरि बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णले कोरोनिल नामक कोरोनाको औषधी सार्वजनिक गर्नुभएको थियो ।

बाबा रामदेवले यो औषधीको चिकित्सा नियन्त्रण अध्ययन र चिकित्सा नियन्त्रण परीक्षण गरि 2 पटक परीक्षण गरिएको बताउनुभएको थियो । उहाँले पहिलो चरणमा दिल्लीलगायत कयौं शहरहरुमा 280 जनामा चिकित्सा नियन्त्रण अध्ययन गरिएको र त्यसमा कसैको मृत्यु नभएको र शत प्रतिशत संक्रमितहरु निको भएको बताउनुभएको थियो । त्यसपछि दोस्रो चरणमा चिकित्सा नियन्त्रण परीक्षण गरिएको र त्यसमा 3 दिनभित्र 69 प्रतिशत रोगीहरु निको भएको र 7 दिनभित्र शतप्रतिशत संक्रमितहरु निको भएको बाबा रामदेवले बताउनुभएको थियो ।

उहाँले अहिले पनि कयौं मानिसहरुले औषधी बनाएको दावीमाथि प्रश्न गरेपनि आफुहरुसँग हरेक प्रश्नको जवाफ भएको बताउनुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...